सन्धिखर्क एफएम अर्घाखाँची, २७ असोज । असोज ६ देखि ९ गते सम्म परेको अविरल वर्षाका कारण अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ११ र १२ मा व्यापक जन धनमाल र खेतिपाति तथा घरहरु नष्ट भएको थियो । त्यहाँको जनजिवन अहिले सम्म पनि असमान्य अवस्थामा रहेको छ ।
तत्काल पिडितहरुको लागि राहत स्वरुप खाद्यान्य सामाग्रिहरु लिएर कार्यवाहक सभापति श्री शान्ता भण्डारीको नेतृत्वमा घटना स्थल पुगि पिडितलाई राहत उपलब्ध गराएर स्थलगत अवलोकनमा पुग्दा कोरोना संक्रमित भएकाहरुलाई काँग्रेस अर्घाखाँचीले शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेको छ ।
उद्धार एवम् राहत तथा पुनस्र्थापना कार्यमा खटिएकै अवस्थामा का.वा. सभापति शान्ता भण्डारी, राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का, प्र.जि.अ. विष्णु पौडेल लगायत सुरक्षा निकायका प्रमुखहरु, रेडक्रस सभापति कुशल भुसाल लगायत अन्य उद्धार कर्मिहरु यति खेर कोरोना संक्रमित भई होम आईसोलेसनमा उपचारार्थ रहनु भएकाहरुको काँग्रेस अर्घाखाँचीका सभापति विष्णु मुस्कानले एक विज्ञप्ती जारी गर्दै शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्नुभएको छ । source:hindukhabar

