शान्ति मा.बि बाँगीमा प्रथम त्रैमासीक परीक्षा सोमवारबाट सुरु


श्याम घिमिरे
असोज २६ अर्घाखाँची–
मालारानी गाउँपालीका –५ बाँगीमा रहेको शान्ति माबिले हालसम्म गरीएको शिक्षण सिकाई सहजिकरणको लेखाजोखा तथा मूल्यांकनको लागी प्रथम त्रैमासीक परीक्षा सोमवारबाट संचालन गरेको छ । परीक्षाको केन्द्र बिद्यार्थीको घरलाईनै कायम गरीएको र परीक्षाको रेखदेख, निरीक्षण,प्रश्नपत्र र उत्तरपुस्तिकाको बितरण र संकलनको जिम्मेवारी बिद्यार्थीका अभिभाबकलाई दिएको बिद्यालयका प्रअ मानबहादुर पाण्डेले बताउनुभयो । परीक्षालाई मर्यादित र व्यवस्थीत बनाउन बिभिन्न टोलमा बिद्यालयका शिक्षकहरुलाई समेत जिम्मेवारी तोकिनुका साथै प्राबिधिक र साधारण धारका टाढाका बिद्यार्थीहरुलाई भने अनलाईनको माध्ययमबाट प्रश्नपत्र बितरण र निरीक्षणको व्यवस्था मिलाईएको प्रअ पाण्डेले जानकारी दिनुभएको छ ।

कोभिड १९ ले आक्रान्त पारीरहेको अबस्थामा पनि बिद्यालयले गत असार १ गते देखिनै बैकल्पिक बिधि प्रयोग गरी शिक्षण सिकाई सहजिकरण गरीरहेको छ । बिद्यालयले शिक्षक स्टाप, बिद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ र बिभिन्न कक्षामा अध्ययनरत बिद्यार्थीहरुसंग भर्चुअल बैठक र अन्तरक्रिया गरी परीक्षा संचालन गर्ने निर्णय गरेकोको थियो । परीक्षाको संचालन र व्यवस्थापनको कार्ययोजना निर्माणगरी सम्पुर्ण अभिभाबकहरुलाई परीक्षा अगावै जानकारी समेत गराईएको थियो ।

यसैबिच बर्तमान परीस्थितिमा स्वास्थ्य संबेदनशीलतालाई बिशेष ध्यान दिई परीक्षा संचालनको अनुगमन गरीएको छ । आज बिहान ११ बजेदेखी संचालन भएको अंग्रेजी र नेपाली बिषयको परीक्षामा सबै बिद्यार्थीहरु उत्साहजनक रुपमा सहभागी भएको प्रअ पाण्डेले रेडियो सन्धिखर्कलाई बताउनुभएको छ ।

प्रअ पाण्डे सहित बिद्यालयका शिक्षक,वडाअध्यक्ष शोभाखर भुसाल,वडासदस्य डालबहादुर चौहान,बिद्यालय व्यवस्थापन समितिकाका सदस्य मणिराम खनाल,हुमबहादुर महत,निर्मला खड्का,पिटिए अध्यक्ष बिरेन्द्र कुमार चौहान लगायतले परीक्षाको अनुगमन गरेको बिद्यालयले जनाएको छ । यता अनलाईन बाहेकका शिक्षण सिकाई सहजिकरणका कार्यक्रम भने अर्को सुचना नहुन्जेलसम्मकालागी स्थगीत गरेको प्रअ पाण्डेले बताउनु भएकोछ ।

Advertisement

२४ घण्टामा ४ हजार ४७ जनामा काेराेना सङ्क्रमण,घट्न थाल्यो कोरोना संक्रमण जित्‍नेको दर

 असोज २६,काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख ११ हजार आठ सय दुई पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साेमबार चार हजार ४७ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।पछिल्लाे २४ घण्टामा १४ हजार पाँच सय ३० जनाकाे नमुना परीक्षण गरिएकाे मन्त्रालयले जनाएकाे छ । त्यस्तै गएकाे २४ घण्टामा एक हजार चार सय ७३ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ७७ हजार दुई सय ७७ पुगेको छ ।  

अब नेपालमा ३३ हजार आठ सय ८० जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय ३१ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।  यस्तै गएको २४ घण्टामा नाै जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ४५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।   

घट्न थाल्यो कोरोना संक्रमण जित्‍नेको दर, सक्रिय संक्रमित बढेको बढ्यै,संक्रमित निको हुनेमा नेपाल दक्षिण एसियामै कमजोर

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित निको हुने दर पछिल्लो समय घट्दै गएको छ। केही समय अघिसम्म कोरोना संक्रमित निको हुने दर ७४ प्रतिशत रहेको अवस्थामा यो घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले संक्रमितहरु निको हुने दर घट्दै गएको जानकारी दिएका हुन्।  दक्षिण एसियामा नेपालको अवस्था अन्य देशको तुलनामा भयावह देखिएको छ।

सार्कका अन्य राष्ट्रमा निको हुने दर बढेर सक्रिय संक्रमित घटिरहँदा नेपालमा भने ठीक उल्टो भइरहेको छ। असोज १४ सम्ममा नेपालमा ७३.१ प्रतिशत कोरोना संक्रमित निको भएका थिए। यो पनि दक्षिण एसियामै कमजोर थियो। तर डेढ हप्तामै यो अवस्था झन् खराब देखिएको छ। मन्त्रालय प्रवक्ता गौतमका अनुसार सोमबारसम्मको तथ्यांक हेर्दा निको हुने दर ह्‍वात्तै घटेर ६९.१ प्रतिशतमा पुगेको छ। एक सातायता यो दर झन् घट्दै गएको छ। सोमबार मात्रै देशभर सक्रिय संक्रमित ३३ हजार ८८० पुगेका छन्।

यस्तोमा डिस्चार्ज हुनेको अवस्था घट्दै गएको छ। पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना पुष्टि हुँदा केबल १४ सय ७३ जना मात्रै निको भएर घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा १४ हजार ५ सय ३० वटा स्वाब नमुनाको पिसिआर गरिएको छ। केही दिनअघि १८ हजारको पिसिआर परीक्षण भएको थियो।  पछिल्ला दिनहरूमा सरकारले पिसिआर परीक्षणको दायरा बढाउँदै लगेको छ। तर कोरोनामुक्त हुने दर भने केही दिनयता घटिरहेका छन्। उनका अनुसार आजसम्म देशभर ७७ हजार २ सय ७७ जना छन्। देशभर १ लाख ११ हजार ८ सय २ जनामा कोरोना संक्रमण भइसकेको छ। 

असोजको पहिलो साता कोरोना संक्रमण हुनेभन्दा मुक्त हुने दर बढे पनि पछिल्ला केही दिनयता काठमाडाैं उपत्यकालगायत सहरमा संक्रमण चुलिन थालेपछि कोरोनामुक्त हुनेको प्रतिशत घट्न थालेको हो।  नेपालमा ७४ प्रतिशतसम्म संक्रमणमुक्त हुने दर पुगेको थियो।

लकडाउन निषेधाज्ञापछिका दिनमा बजार खुल्दा कोरोना जित्नेको संख्यामा कमी आएको छ  आइतबार(हिजो) पनि देशभर पाँच  हजारभन्दा बढी संक्रमित थपिँदा जम्मा १ हजार ५ सय ५२ जनाले मात्र कोरोना संक्रमण जितेका थिए। क्वारेन्टाइनमा बस्नेको संख्या घट्दै जान थालेको छ। अर्कातिर होम आइसोलेसनमा बस्नेको संख्या बढेको छ। सोमबार करिब १९ हजार होम आइसोलेसनमा छन्। 

कोभिड-१९ निको हुने दर कम हुने सार्क राष्ट्रको सूचीमा नेपाल पहिलो स्थानमा छ। पाकिस्तानमा ९५.४ प्रतिशत, श्रीलंकामा ९४.४ प्रतिशत, माल्दिभ्समा ८६.६ प्रतिशत, अफगानिस्तानमा ८३.२ प्रतिशत र भारतमा ८२.१ प्रतिशत रहेको छ। यस्तै भुटानमा ७५.३ प्रतिशत, बंगलादेशमा ७४.८ प्रतिशत संक्रमितहरु निको भएका छन्। 
source:thahakhabar