श्याम घिमिरे
सन्धिखर्क एफएम २४ असोज –
राष्ट्रिय जनमोर्चा निकट जातिय समता समाज जिल्ला समिति अर्घाखाँचीले सन्धिखर्क नगरपालीका ७ खाँचीकोट स्थीत भुजुङ्गेका पहिरो पिडितहरुलाई राहत स्वरुप खाद्य सामाग्री सहयोग गरेको छ । सुक्रवार एक कार्यक्रमको आयोजना गरी समाजले पहिरोका कारण घरबार बिहिन भएका १० घरपरीवारलाई ६० केजि चामल,२० लिटर खानेतेल,१० केजि दाल र १० केजि नुन संयुक्तरुपमा हस्तान्तरण हो ।

जातिय समता समाजका जिल्ला अध्यक्ष राजेन्द्र नेपाली,जिल्ला सचिब रामबहादुर नेपाली,जिल्ला सल्लाहकार कृष्ण सुनार लगायतको उपस्थीतिमा खाद्य सामाग्री बितरण गरीएको हो । पहिरोका कारण त्यहाँका करीव ६० घर उच्च जोखिममा रहेका छन भने १० घरपरीवारले अहिले चन्द्रप्रभा माबि खाँचीकोटमा आश्रय लिईरहेका छन ।




