अर्घाखाँचीमा सनिवार थप ३४ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ४८६ पुग्यो

श्याम घिमिर
असोज २४ अर्घाखाँची –
अर्घाखाँचीमा सनिवार ३४ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । जिल्लाको सन्धिखर्क नगरपालीकाका २९ जना र शितगंगा नगरपालीकाका ५ जना गरी ३४ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी बिजय बिकले जानकारी दिनुभएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा समुदायस्तरका २५ जना पुरुष र ९ जना महिला गरी ३४ जनामा संक्रमण पुष्टी भएको हो । ८४ जनाको पिसीआर जाँचगर्दा ३४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्राप्त जानकारी अनुसार दुईजना स्वास्थ्यकर्मी सहित केही कार्यालयका कर्मचारी,सुरक्षाकर्मी, शिक्षक र यस अघि संक्रमित भएका व्यक्तिका परीवार सहित समुदायस्तरका व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएको सुचना अधिकारी बिकले जानकारी दिनुभयो । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ४८६ पुगेको छ । जसमध्ये हालसम्म ३९२ जना निको भएर घर फर्किएका छन् । अहिले जिल्लामा ९० जना सक्रिय संक्रमितहरु आईसोलेशनमा रहेका छन । कोरोनाका कारण यसअघि ४ जनाको ज्यान गईसकेको छ ।

Advertisement

भुजुङ्गेका पहिरो पिडितहरुलाई जातिय समता समाजद्धारा खाद्य सामाग्री बितरण

श्याम घिमिरे
सन्धिखर्क एफएम २४ असोज –
राष्ट्रिय जनमोर्चा निकट जातिय समता समाज जिल्ला समिति अर्घाखाँचीले सन्धिखर्क नगरपालीका ७ खाँचीकोट स्थीत भुजुङ्गेका पहिरो पिडितहरुलाई राहत स्वरुप खाद्य सामाग्री सहयोग गरेको छ । सुक्रवार एक कार्यक्रमको आयोजना गरी समाजले पहिरोका कारण घरबार बिहिन भएका १० घरपरीवारलाई ६० केजि चामल,२० लिटर खानेतेल,१० केजि दाल र १० केजि नुन संयुक्तरुपमा हस्तान्तरण हो ।


जातिय समता समाजका जिल्ला अध्यक्ष राजेन्द्र नेपाली,जिल्ला सचिब रामबहादुर नेपाली,जिल्ला सल्लाहकार कृष्ण सुनार लगायतको उपस्थीतिमा खाद्य सामाग्री बितरण गरीएको हो । पहिरोका कारण त्यहाँका करीव ६० घर उच्च जोखिममा रहेका छन भने १० घरपरीवारले अहिले चन्द्रप्रभा माबि खाँचीकोटमा आश्रय लिईरहेका छन ।