सुक्रवार सन्धिखर्क नगरपालीमा ११ जनामा कोरोना संक्रमण

श्याम घिमिरे
असोज २३ अर्घाखाँची –

अर्घाखाँचीमा सुक्रबार थप ११ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । जिल्लाको सन्धिखर्क नगरपालीकाका ११ जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । प्रात्त जानकारी अनुसार केहि कार्यालयका कर्मचारी, उनिहरुका परीवार र केहि बाहीरका व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ४५२ पुगेको छ । जिल्लामा हालसम्म ३९२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन । अहिले जिल्लाका बिभिन्न आईसोलेशनमा ५६ जना सक्रिय संक्रमितहरु रहेका छन । यसैबिच सुक्रवार दिउँसोसम्म जिल्लामा संस्थागत क्वरेन्टीनमा २१ र होम क्वरेन्टीनमा २३० जना गरी जम्मा २५१ जना व्यक्तिहरु बिभिन्न क्वरेन्टीनमा रहेका छन् ।

Advertisement

शान्ति माबि बाँगीमा अभिभावक बिच भर्चुअल बैठक सम्पन्न,


श्याम घिमिरे
असोज २३ अर्घाखाँची –
शान्ति माबि बाँगीमा प्राबिधिक समुहतर्फका कक्षा १० मा अध्ययनरत बिद्यार्थीका अभिभावक र बिद्यालय बिच सुक्रबार भर्चुअल बैठक सम्पन्न भएको छ । बिद्यालयका प्रअ मान बहादुर पाण्डेको अध्यक्षता,शिक्षक जिबन खनालको स्वागत मनतब्य र बसन्त खड्काको संचालनमा सम्पन्न बैठकमा बिद्यालयको तर्फबाट बिद्यालयका सहायक प्रअ माधब प्रसाद पन्थी र तारा प्रसाद भुसालले बिद्यालयले सन्चालन गरेका शिक्षण सिकाई सहजिकरणको बारेमा प्रकाश पार्नु भएको थियो ।

यस्तै बिद्यालयका प्रअ मान बहादुर पाण्डेले अहिलेको बिषम परीस्थीतिमा स्वास्थ्य मापदण्डको पालना गर्दे घरलाई सिकाईको मुख्य थलोका रुपमा आत्मसाथ गर्दे बिद्यालय शिक्षण सिकाईलाई जोड दिन र बिद्यालयले सन्चालन गरेका कार्यक्रमलाई पुर्णरुपमा साथ दिन सबै अभिभावक र बिद्यार्थीलाई आग्रह गर्नुभयो । पाण्डेले यही असोज २६ गतेबाट संचालन हुने आन्तरीक परीक्षाको केन्द्र घरनै भएकोले व्यवस्थीत रुपमा अनुगमन गर्न समेत जोड दिनुका साथै परीक्षाका सबै प्रश्नपत्र र उत्तरपुस्तीका घरसम्म पु¥याईने पनि बताउनुभयो । बैठकमा अभिभाबकको तर्फबाट हरी बहादुर चौहान,मीना अधिकारी,कृष्ण प्रसाद भुसाल,तारा खनाल,भेषबहादुर खड्का,शान्ता श्रेष्ठ लगायतले मनतब्य राख्नुभएको थियो । बिद्यालयले कोरोना संक्रमणको अबस्थालाई मध्यनजर गर्दे पछिल्लो समय भर्चुअल बैठकलाई नियमित रुपमा अगाडी बढाउदै आईरहेको छ ।

यसैबिच यहि असोज २५ गते देखी स्वास्थ्य संबेदनशीलतालाई आत्मसाथ गर्दे समुदायमा संचालन गरीएका सिकाई सहजिकरण अर्को सुचना नहुँदासम्मलाई स्थगीत गरीएको बिद्यालयले जनाएको छ ।

विजयादशमीको टीकाको साइत कात्तिक १० गते बिहान १०ः१९ बजे,कुन शहरमा कहिले, कति बजे दशैँटीका

 असोज २३,काठमाडौं । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको काठमाडौँका लागि कात्तिक १० गते (अक्टोबर २६) बिहान १०ः१९ बजेको साइत उत्तम रहेको जनाएको छ । 

यसैगरी भारतको दिल्लीमा बिहान १०ः३५, अमेरिकाका न्युयोर्कमा अक्टोबर २५ (कात्तिक ९ गते) बिहान ११ः०५,  केन्टुकीमा बिहान ११ः०७, टेक्सासमा बिहान ११ः५७ र क्यालिफोर्नियामा ११ः४५ बजेको साइत दिइएको समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले बताउनुभयो ।

  यसैगरी बेलायतको लण्डनका लागि बिहान ११ः३९, क्यानडाको टोरन्टोका लागि बिहान ११ः४३, पोर्चुगलको लिस्बनका लागि बिहान ११ः३७ र  फ्रान्सको पेरिसका लागि बिहान ११ः४१ बजे विजयादशमीको टीका लगाउनु शुभ रहेको समितिले जनाएको छ । यी शहरमा पनि अक्टोबर २५ तारिखका दिन विजयादशमी पर्व मनाइन्छ ।

  जापानको टोकियोमा अक्टोबर २६ तारिखका दिन बिहान ११ः३५, अष्टे«लियाको सिड्नीमा बिहान ०९ः४३, अष्टे«लियाकै मेलबर्न शहरमा बिहान ९ः५३ बजे, अष्टे«लियाकै ब्रिसबेनमा बिहान ९ः५१, मलेसियाको क्वालालम्पुरमा बिहान १०ः३५, संयुक्त अरब इमिरेट्सको अबुधाबीमा बिहान १०ः४३, कतारको दोहामा बिहान १०ः२१, थाइल्याण्डको बैङ्ककमा बिहान १०ः३३, दक्षिण कोरियाको सोलमा बिहान १०ः२७, इजरायलको तेल अभिभमा बिहान १०ः३७, सिङ्गापुरमा बिहान १०ः४१, हङकङमा बिहान १०ः४९, साउदी अरबमा बिहान १०ः२५, न्युजिल्याण्डको वेलिङ्टनमा बिहान १०ः१५ बजेको समयमा दशैँको टीका लगाउन उत्तम हुने जनाइएको छ । यी शहरमा पनि अक्टोबर २६ तारिखकै दिन विजयादशमी मनाउनुपर्ने समितिले जनाएको छ ।

  विभिन्न देशमा फैलिएका नेपाली एवं वैदिक सनातन धर्मावलम्बीले दशैँको टीका लगाउन शुभसाइत माग्न थालेपछि समितिले ती देशका स्थानीय समयानुसार शुभ हुने बेलामा साइत दिइएको जनाएको छ । विश्व ज्योति महासङ्घले समिति गठन गरेको हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसअघि नै नेपालका लागि दशैँका विभिन्न साइत सार्वजनिक गरिसकेको छ ।रासस