श्याम घिमिरे असोज २२ अर्घाखाँची-अर्घाखाँची अस्पतालमा कार्यरत १४ जना स्वास्थ्यकर्मी सहित बिहिवार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरीएको परीक्षणमा अस्पतालमा कार्यरत ३ जना चिकित्सक सहित स्वास्थ्यकर्मी ,कर्मचारी र अस्पतालको क्वाटरमा बस्ने अस्पताल कर्मचारीका परिवार लगायत २२ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभयो । गत सोमवार अस्पतालकै डाक्टर जगदिश शर्मा सहितका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अर्घाखाँची अस्पताल भित्रका चिकित्सक र स्वास्थ्यकर्मीको स्वाब संकलन गरी परीक्षणकोलागी भैरहवा पठाईएको थियो ।
सोमवार चिकित्सक सहित केही स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा इमर्जेन्सी र प्रसुति सेवा बाहेकका अन्य सबै सेवा बन्द गरिएको थियो । अस्पतालमा कार्यरत डाक्टरदेखी कार्यालय सहयोगी समेतलाई कोरोना संक्रमण देखिएपछी सिल गर्ने कि नगर्ने भन्ने विषयमा अहिले २ बजे छलफलको आयोजना गरीएको डा.गौतमले बताउनुभयो । डा.गौतमले स्थीति जटिलतर्फ जानलागेको भन्दै सबै सर्तक र सजकहुनुपर्नेमा जोड दिनुभयो ।
यसैबिच बिहिवार पुष्टी भएका २२ जना संक्रमित सहित जिल्लामा कोरोना संक्रमितको संख्या ४४२ पुगेको छ । संक्रमितमध्ये ३९२ जनाले कोरोनालाई जितेर घरफर्किएका छन भने, अहिले ४६ जना सक्रिय संक्रमितहरु आईसोलेशनमा उपचाररत रहेका छन । संक्रमणका कारण १ जनाको आत्महत्या सहित ४ जनाको ज्यान गईसकेको छ ।