नेपालमा एकैदिन ४ हजार ३६४ सङ्क्रमित थपिए, २ हजार ६७५ जना डिस्चार्ज

असोज २२, काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ९८ हजार ६ सय १७ पुगेकाे छ । गएको २४ घण्टामा चार हजार तीन सय ६४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा १८ हजार चार सय ७३ जनाकाे नमुना परीक्षण गर्दा चार हजार तीन सय ६४ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा दुई हजार ६ सय ७५ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ७१ हजार तीन सय ४३ पुगेको छ ।  

बिहीबार काेराेना पुष्टि भएकाकाे याे सङ्ख्या एकैदिन सङ्क्रमण पुष्टि भएका सङ्ख्यामध्ये अहिलेसम्मकै धेरै हाे । यसअघि बुधबार १४ हजार दुई सय नाै जनाकाे पीसीआर परीक्षण गरेकाेमा ३४ सय ३९ जनामा काेराेना पुष्टि भएकाे थियाे ।  

अब नेपालमा २६ हजार ६ सय ८४ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै चार हजार चार सय ६० जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ९० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।    

अर्घाखाँचीमा हालसम्म ३९ सय ८२ जनाको स्वाब संकलन, ४६१ जनाको रिपोट पोजेटिभ,बिहिबार अर्घाखाँची अस्पतालका ३ जना चिकित्सक सहित २१ जनामा कोरोना संक्रमण ।

श्याम घिमिरे
असोज २२ अर्घाखाँची –

अर्घाखाँची अस्पतालमा कार्यरत १० जना स्वास्थ्यकर्मी सहित बिहिवार अर्घाखाँचीमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरीएको परीक्षणमा अस्पतालमा कार्यरत ३ जना चिकित्सक सहित २ जना नर्स, २ जना पारामेडिसिन, ३ जना सहयोगी स्वास्थ्यकर्मी र अस्पताल कर्मचारीका परिवार लगायत २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी एवं कोरोना फोकल पर्सन बिजय बिकले जानकारी दिनुभयो ।

गत सोमवार अस्पतालकै डाक्टर जगदिश शर्मा सहितका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अर्घाखाँची अस्पताल भित्रका चिकित्सक र स्वास्थ्यकर्मीको स्वाब संकलन गरी परीक्षणकोलागी भैरहवा पठाईएको थियो । सोमवार चिकित्सक सहित केही स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा इमर्जेन्सी र प्रसुति सेवा बाहेकका अन्य सबै सेवा बन्द गरिएको थियो ।

यसैबिच बिहिवार पुष्टी भएका २१ जना संक्रमित सहित जिल्लामा कोरोना संक्रमितको कुल संख्या ४६१ पुगेको छ । कुल संक्रमितमध्ये २० जना भने व्यक्तिगत रुपमा चेक गराउदा रिपोट पोजेटिभ आएको सुचना अधिकारी बिकले जानकारी दिनुभयो । संक्रमितमध्ये हालसम्म ३९९ जनाले कोरोनालाई जितेर घरफर्किएका छन अहिले जिल्लामा ४१ जना सक्रिय संक्रमितहरु होम आईसोलेशनमा उपचाररत रहेको जनाईएको छ । संक्रमणका कारण १ जनाको आत्महत्या सहित ४ जनाको ज्यान गईसकेको छ ।

यता आजसम्म जिल्लाभरबाट ३९ सय ८२ जनाको स्वाब संकलन गरीएको छ । जसमा ४६१ जनाको रिपोट पोजेटिभ आएको छ भने ३४ सय ३२ जनाको रिपोट नेगेटिभ आएको जनाईएको छ । अब १०६ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका सुचना अधिकारी बिकले बताउनुभयो । जसमा शितगंगा नगरपालीकाबाट संकलन गरीएका ८ जना, सन्धिखर्क नगरपालीकाबाट संकलन गरीएका २२ जना र स्वास्थ्य कार्यालय अर्घाखाँचीबाट संकलन गरीएका ७६ जनाको रिपोट आउन बाँकी रहेको बिकले बताउनुभयोे ।

जिल्लामा पछिल्लो समय कोरोना संक्रमणको दर तिव्र गतिमा बृद्धि हुदै गएसंगै स्थीति जटिलतर्फ जान थालेको भन्दै सर्तक र सजक हुन अर्घाखाँची अस्पतालका प्रमुख डा.कपिल गौतमले जिल्लावासीलाई आग्रह समेत गर्नुभएको छ ।

अर्घाखाँची अस्पतालका ३ जना चिकित्सक सहित बिहिबार अर्घाखाँचीमा २२ जनामा कोरोना संक्रमण ।

श्याम घिमिरे असोज २२ अर्घाखाँची-अर्घाखाँची अस्पतालमा कार्यरत १४ जना स्वास्थ्यकर्मी सहित बिहिवार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरीएको परीक्षणमा अस्पतालमा कार्यरत ३ जना चिकित्सक सहित स्वास्थ्यकर्मी ,कर्मचारी र अस्पतालको क्वाटरमा बस्ने अस्पताल कर्मचारीका परिवार लगायत २२ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभयो । गत सोमवार अस्पतालकै डाक्टर जगदिश शर्मा सहितका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अर्घाखाँची अस्पताल भित्रका चिकित्सक र स्वास्थ्यकर्मीको स्वाब संकलन गरी परीक्षणकोलागी भैरहवा पठाईएको थियो ।

सोमवार चिकित्सक सहित केही स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा इमर्जेन्सी र प्रसुति सेवा बाहेकका अन्य सबै सेवा बन्द गरिएको थियो । अस्पतालमा कार्यरत डाक्टरदेखी कार्यालय सहयोगी समेतलाई कोरोना संक्रमण देखिएपछी सिल गर्ने कि नगर्ने भन्ने विषयमा अहिले २ बजे छलफलको आयोजना गरीएको डा.गौतमले बताउनुभयो । डा.गौतमले स्थीति जटिलतर्फ जानलागेको भन्दै सबै सर्तक र सजकहुनुपर्नेमा जोड दिनुभयो ।

यसैबिच बिहिवार पुष्टी भएका २२ जना संक्रमित सहित जिल्लामा कोरोना संक्रमितको संख्या ४४२ पुगेको छ । संक्रमितमध्ये ३९२ जनाले कोरोनालाई जितेर घरफर्किएका छन भने, अहिले ४६ जना सक्रिय संक्रमितहरु आईसोलेशनमा उपचाररत रहेका छन । संक्रमणका कारण १ जनाको आत्महत्या सहित ४ जनाको ज्यान गईसकेको छ ।

डीभीको फारम खुल्यो : कन्सल्टेन्टको सहयोग नलिन दूतावासको आग्रह

असोज २२, २०७७ बिहिबार काठमाण्डौ – सन् २०२२ को डाइभर्सिटी भिसा डीभीको फारम खुलेको छ । नेपाली समय अनुसार बुधबार राति पौने १० बजेदेखि फारम भर्न मिल्ने गरी खुलेको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसकाे समयसीमा २०७७ कार्तिक २५ (नाेभेम्बर १०) सम्म ताेकिएकाे छ । डीभीको आवेदन खुलेपछि निःशुल्क आफैंले भर्न सकिन्छ ।

आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिनेछ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशन अनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ  । बिना शुल्क भर्न सकिने भएकाले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन समेत दूतावासले आग्रह गरेको छ ।