सन्धिखर्क २ मा सेनेटरि प्याड बनाउने तालीम सुरु


श्याम घिमिरे
असोज २० सन्धिखर्क-
सन्धिखर्क नगरपालिका वडानम्बर २ को सहयोग र त्रिबेणी नेवा मिसा खलको आयोजनामा बजार क्षेत्रमा जनजाती महिलाहरुका लागी पाँच दिने सेनेटरि प्याड बनाउने तालीम सन्धिखर्कमा सुरु भएको छ । तालीमको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले आज एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा मनतब्य राख्दै नगरप्रमुख भुसालले कुनैपनि सिपले व्यक्तिको जीवन जिउन सहज हुने बताउनु भयो । भुसालले तालीम पश्चायत सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्नुपर्ने बताउदै यस्ताखाले तालीमले ब्यक्ती आफ्नै खुट्टामा उभीन सक्ने हुनाले निरन्तर रुपमा लागीपर्नु पर्र्नेमा जोड दिनु भयो ।

त्रिबेणी नेवा मिसा खलका अध्यक्ष मिना श्रेष्ठको अध्यक्षता, ,रीता श्रेष्ठको स्वागत मनतब्य र पार्वता श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालीकाका प्रमुख प्रसासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा, सन्धिखर्क नगरपालीका वडानम्बर २ का वडाअध्यक्ष मोतिजंग रायमाझी, वडासदस्य शुश्मा श्रेष्ठ,वडासचिब बिष्णुप्रसाद आचार्य लगायतले शुभकामना मनतब्य राख्नुभएको थियो । ३२ जना सहभागी रहेको तालीम २४ गते सम्म सन्चालन हुने पार्बता श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisement

अब प्रदेश ५ काे नाम लुम्बिनी,राजधानी भालुवाङ

असोज २०, रुपन्देही – प्रदेश नम्बर ५ काे नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभाबाट दुई तिहाइले पारित भएकाे छ ।मङ्गलबार प्रदेश सभामा भएकाे मतदानमा प्रदेशकाे नाम लुम्बिनी राख्ने भन्ने पक्षमा ७९ मत र विपक्षमा चार मत खसेकाे हाे । मतदानमा ८३ जनाकाे उपस्थिति रहेकाे थियाे । यसअघि प्रदेशकाे राजधानी भालुवाङ बनाउने प्रस्ताव पनि दुई तिहाइले पारित भएकाे हाे । प्रदेश सभामा मङ्गलबार भएको मतदानमा प्रस्तावको पक्षमा ६९ मत र प्रस्तावको विपक्षमा १३ मत परेको छ ।

विश्वभर १० मध्ये एक जनामा कोरोना सङ्क्रमण भएको हुन सक्ने : डब्ल्यूएचओ

असोज २०,काठमाण्डाै – विश्वभर १० जनामध्ये एक जनामा कोरोना भाइरसको सङ्क्रमण भएको हुन सक्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ ।महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा बसेको डब्ल्यूएचओको विशेष बैठकले विश्वभर १० जनामध्ये एक जनामा कोरोना भाइरसको सङ्क्रमण भएको हुन सक्ने निश्कर्ष निकालेको बीबीसीले जनाएको हो । डब्ल्यूएचओले विश्वभर १० प्रतिशतमा कोरोना भएको पनि अनुमान गरेको छ ।

अहिले विश्वभर तीन करोड ५४ लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तर डब्ल्यूएचओले सङ्क्रमितको वास्तविक संख्या ८० करोड नजिक रहेको अनुमान गरेको छ । विज्ञहरुले यसअघि पनि वास्तविक सङ्क्रमितको संख्या पुष्टि भएको भन्दा निकै धेरै रहेको बताउँदै आएका छन् । विश्वका विभिन्न देशमा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउन तथा निषेधाज्ञा खुकुलो भएसँगै दोस्रो लहरको सङ्क्रमण सुरु भएको छ ।