अर्घाखाँची अस्पतालका इमरर्जेन्सी र प्रसुती सेवा बाहेक सम्पुर्ण सेवा बन्द

श्याम घिमिरे
असोज १९ अर्घाखाँची –
अर्घाखाँची अस्पतालमा कार्यरत चिकित्सक तथा केही स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएपछि अर्घाखाँची अस्पतालका इमरर्जेन्सी र प्रसुती सेवा बाहेक सम्पुर्ण सेवा बन्द भएका छन् । सोमवार चिकित्सक सहित केही स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा इमर्जेन्सी र प्रसुति सेवा बाहेकका अन्य सबै सेवा बन्द गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभएको छ ।

चिकित्सक र अन्य सरोकारवालाहरु सँगको बैठक अनुसार सेवाग्रहाहीहरुको संक्रमणको उच्च जोखिमलाई मध्यनजर गदै स्वाव संकलन गरी पठाए पश्चात रिपोर्ट नआउँदा सम्मको लागि अस्पतालका इमरर्जेन्सी र प्रसुती सेवा बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको अस्पतालद्धारा जारी सुचनामा उल्लेख गरीएको छ ।

Advertisement

अर्घाखाँचीमा राष्ट्रियसभा सदस्य खड्का सहित १३ जनामा कोरोना संक्रमण

श्याम घिमिरे
असोज १९ अर्घाखाँची –

अर्घाखाँचीमा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का उज्ज्वल सहित सोमवार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा खड्का सहित रामबाँण गुल्मका गुल्मपती सेनानी अशोक कुमार क्षेत्री , प्रहरी नायव उपरीक्षक माधब प्रसाद बुढाथोकी उहाँका चालक,अंगरक्षक , नेपाली काँग्रेसका उपसभापति शान्ता भण्डारी,नेपाल रेड्क्रस सोशाइटी अर्घाखाँचीका सभापति कुशल भुसाल ,अर्घाखाँची अस्पतालका डा. जगदिश शर्मा, जिल्ला प्रशासन कार्यालयका दुईजना कर्मचारी, सन्धिखर्क नगरपालिकाका एकजना कर्मचारी लगायत १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी दिनुभएको छ ।

केहिदिन अगाडी जिल्लामा उत्पन्न विपद्जन्य घटनाहरुको उद्वार ,राहत र पुनःस्थापना लगायतका कार्यमा खटिदा उहाँहरुलाई कोरोना संक्रमण भएको बताईएको छ । यसअघि सुक्रवार प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रजिअ बिक्रम थापा सहित ६ जनामा कोरोना संक्रमण देखिएको थियो ।
यसैबिच सोमवार पुष्टी भएका १३ जना संक्रमित सहित जिल्लामा कोरोना संक्रमितको संख्या ४२० पुगेको छ । संक्रमितमध्ये ३९२ जनाले कोरोनालाई जितेर घरफर्किएका छन भने, अहिले २४ जना सक्रिय संक्रमितहरु बिभिन्न आईसोलेशनमा उपचाररत रहेका छन । संक्रमणका कारण १ जनाको आत्महत्या सहित ४ जनाको ज्यान गईसकेको छ ।

यसपालि जहाँ हुनुहुन्छ, त्यहीँ दशैँ मनाउनुस्

असोज १९, काठमाण्डाै – सरकारले याे वर्ष आफू रहेकै ठाउँमा दशैँ मनाउन आग्रह गरेको छ ।दशैँका बेला गाउँघर तथा आफ्नो पुर्ख्याैली थलोमा दशैँ मनाउन धेरै मानिस यात्रा गर्ने गरेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यो वर्ष आफू रहेकै ठाउँमा दशैँ मनाउन आग्रह गर्नुभयो ।

कोरोना सङ्क्रमण बढेर अवस्था डरलाग्दो हुन थालेको भन्दै प्रवक्ता गौतमले यात्रा गर्दा भाइरस फैलने सम्भावना अधिक हुने भन्दै यो वर्ष यात्रा नगरि अहिले भएकै ठाउँमा दशैँ मनाउन आग्रह गर्नुभयो । साथै उहाँले स्वास्थ्य मापदण्डलाई कडाइ गर्दै जरिबाना गर्ने गरी प्रस्ताव गरिएको पनि उहाँले बताउनुभयो ।