असोज १७,काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालसहित तीन जना सल्लाहकार र एक स्वकीय सचिवमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
मुख्य सल्लाहकार रिमालसहित प्रेस सल्लाहकार सूर्य थापा, विदेश मामिला सल्लाहकार राजन भट्टराई र स्वकीय सचिव इन्द्र भण्डारीमा पनि कोरोना देखिएको छ । सबैले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना देखिएको र आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न पनि आग्रह गर्नुभएको छ ।
‘हामी चार जनासहित केही चालकमा पनि कोरोना पुष्टि भएको छ, तर कसैलाई पनि लक्षण देखिएको छैन ।’ विदेश मामिला सल्लाहकार भट्टराईले भन्नुभयो । उहाँले तीन दिनअघि प्रधानमन्त्रीको परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको तर आफूहरुमा पोजेटिभ देखिएपछि फेरि स्वाब सङ्कलनको तयारी भएको पनि जानकारी दिनुभयो ।
सल्लाहकारलाई नै कोरोना पुष्टि भएपछि प्रधानमन्त्री पनि जोखिममा रहनुभएको छ । तर प्रेस सल्लाहकार थापाले भने प्रधानमन्त्रीसँग भेट्दा आफूहरुले मास्क लगाउने, दूरी कायम गर्ने, स्यानिटाइजर लगाउने जस्ता सतर्कता अपनाएको बताउनुभयो ।
यो पनि पढ्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कारोना सङ्क्रमण पुष्टि भएको छ ।प्रधानमन्त्री ओलीसँग दैनिकजसो भेटघाट गर्ने र सर-सल्लाह गर्ने सल्लाहकारहरुलाई नै कोरोना पुष्टि भएपछि प्रधानमन्त्री पनि स्वतः कोरोनाको जोखिममा पर्नुभएको छ ।
तर प्रेस सल्लाहकार थापाले भने प्रधानमन्त्रीसँग भेट्दा आफूहरुले मास्क लगाउने, दूरी कायम गर्ने, स्यानिटाइजर लगाउने जस्ता सतर्कता अपनाएको बताउनुभयो ।
‘प्रधानमन्त्रीसँग भेट्दा उहाँ वा हामीमध्ये कोही न कोहीले मास्क लगाएकै थियौँ, दूरी कायम गरेका थियौँ, मास्क पञ्जा पनि लगाएका छौँ, पर्याप्त सतर्कता अपनाएकाले प्रधानमन्त्री जोखिममा परिहाल्नुभयो भन्ने होइन, तर उहाँको जाँच हुन्छ ’ थापाले भन्नुभयो । source:ujyaaloonline