अर्घाखाँचीमा सनिवार ३ जनाले कोरोनालाई जितेर घर फर्किए, अब ११ जना आईसोलेशनमा

श्याम घिमिरे
असोज १७ अर्घाखाँची –

अर्घाखाँचीमा एकैदिन ३ जना कोरोना संक्रमीत निको भएर घर फर्किएका छन । जिल्लाको भुमिकास्थान नगरपालीकाको आईसोलेशनबाट ३ जनाले कोरोनालाई जितेर सनिवार घर फर्किएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यस संगै जिल्लामा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या ३९२ पुगेको छ । कुल ४०७ संक्रमितमध्ये हालसम्म सन्धिखर्क नगरपालीकाबाट ७७ जना, ,शितगंगा नगरपालीकाबाट ७८ जना ,भुमिकास्थान नगरपालीकाबाट १२२ जना, मालारानी गाउँपालीकाबाट ७३ जना, पाणिनि गाउँपालीकाबाट १४ जना र छत्रदेब गाउँपालीकाबाट २८ जना गरी ३९२ जना डिस्चार्ज भएका छन ।

अहिले जिल्लाका बिभिन्न आईसोलेशनमा ११ जना सक्रिय संक्रमितहरु उपचाररत रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा १० जना र भुमिकास्थान नगरपालीकामा १ जना गरी जम्मा ११ जना संक्रमितहरु आईसोलेशनमा रहेका छन । संक्रमणका कारण यसअघि १ जनाको आत्महत्या सहित ४ जनाको ज्यान गईसकेको छ ।

यसैबिच सनिवार दिउँसोसम्म जिल्लामा १२२ जना संस्थागत क्वरेन्टीनमा र ७३ जना होम क्वरेन्टीनमा गरी जम्मा १९५ जना व्यक्तिहरु बिभिन्न क्वरेन्टीनमा रहेका छन् । पछिल्लो २४ घण्टामा शितगंगा नगरपालीकाको क्वरेन्टीनमा ९ जना थपिएका छन भने भुमिकास्थान नगरपालीकाको क्वरेन्टीनबाट ८ जना डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ विनोद खनालले जानकारी दिनुभएको छ ।

Advertisement

प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई कोरोना,प्रधानमन्त्रीसँग भेट्दा सतर्कता अपनाएका छौँ, आत्तिनु पर्दैन : सल्लाहकार थापा

 असोज १७,काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालसहित तीन जना सल्लाहकार र एक स्वकीय सचिवमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

मुख्य सल्लाहकार रिमालसहित प्रेस सल्लाहकार सूर्य थापा, विदेश मामिला सल्लाहकार राजन भट्टराई र स्वकीय सचिव इन्द्र भण्डारीमा पनि कोरोना देखिएको छ । सबैले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना देखिएको  र आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न पनि आग्रह गर्नुभएको छ ।

‘हामी चार जनासहित केही चालकमा पनि कोरोना पुष्टि भएको छ, तर कसैलाई पनि लक्षण देखिएको छैन ।’ विदेश मामिला सल्लाहकार भट्टराईले भन्नुभयो । उहाँले तीन दिनअघि प्रधानमन्त्रीको परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको तर आफूहरुमा पोजेटिभ देखिएपछि फेरि स्वाब सङ्कलनको तयारी भएको पनि जानकारी दिनुभयो । 

सल्लाहकारलाई नै कोरोना पुष्टि भएपछि प्रधानमन्त्री पनि जोखिममा रहनुभएको छ । तर प्रेस सल्लाहकार थापाले भने प्रधानमन्त्रीसँग भेट्दा आफूहरुले मास्क लगाउने, दूरी कायम गर्ने, स्यानिटाइजर लगाउने जस्ता सतर्कता अपनाएको बताउनुभयो ।  

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कारोना सङ्क्रमण पुष्टि भएको  छ ।प्रधानमन्त्री ओलीसँग दैनिकजसो भेटघाट गर्ने र सर-सल्लाह गर्ने सल्लाहकारहरुलाई नै कोरोना पुष्टि भएपछि प्रधानमन्त्री पनि स्वतः कोरोनाको जोखिममा पर्नुभएको छ । 

तर प्रेस सल्लाहकार थापाले भने प्रधानमन्त्रीसँग भेट्दा आफूहरुले मास्क लगाउने, दूरी कायम गर्ने, स्यानिटाइजर लगाउने जस्ता सतर्कता अपनाएको बताउनुभयो । 

‘प्रधानमन्त्रीसँग भेट्दा उहाँ वा हामीमध्ये कोही न कोहीले मास्क लगाएकै थियौँ, दूरी कायम गरेका थियौँ, मास्क पञ्जा पनि लगाएका छौँ, पर्याप्त सतर्कता अपनाएकाले प्रधानमन्त्री जोखिममा परिहाल्नुभयो भन्ने होइन, तर उहाँको जाँच हुन्छ ’ थापाले भन्नुभयो ।  source:ujyaaloonline

नेकपा सन्धिखर्क २ को पाँचौ बैठक सम्पन्न

श्याम घिमिरे
असोज १६ सन्धिखर्क-

नेपाल कम्युनिष्ट पार्टी नेकपा सन्धिखर्क नगरपालीका वडानम्वर २ कमिटिको बैठक सुक्रबार सम्पन्न भएको छ । कमिटीका अध्यक्ष टोपलाल खनालको अध्यक्षता र सचिव काजीमान रायमाझीको सञ्चालनमा सम्पन्न बैठकले यही असोज २१ गते सम्म पार्टी संगठन सदस्यता बितरण गर्ने र जिल्ला कमिटिबाट प्राप्त पार्टी सदस्यताको बिवरण अध्याबधिक गरी यहि असोज १९ गते भित्र जिल्ला पार्टी कार्यालयमा पठाउने निर्णय गरेको छ । यस्तै बैठकले वडाभित्रका सबै टोलकमिटीको बैठक बसाल्लने समेत निर्णय गरेको सचिब काजीमान रायमाझीले जानकारी दिनुभएको छ ।