श्याम घिमिरे
असोज १५ अर्घाखाँची
अर्घाखाँचीमा एकैदिन ११ जना कोरोना संक्रमीत निको भएर घर फर्किएका छन । जिल्लाको सन्धिखर्क नगरपालीकाको आईसोलेशनबाट ७ जना र मालारानी गाउँपालीकाको आईसोलेशनबाट ४ जना गरी ११ जनाले कोरोनालाई जितेर बिहिवार घर फर्किएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यस संगै जिल्लामा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या ३८९ पुगेको छ । कुल ४०१ संक्रमितमध्ये हालसम्म सन्धिखर्क नगरपालीकाबाट ७७ जना, ,शितगंगा नगरपालीकाबाट ७८ जना ,भुमिकास्थान नगरपालीकाबाट ११९ जना, मालारानी गाउँपालीकाबाट ७३ जना, पाणिनि गाउँपालीकाबाट १४ जना र छत्रदेब गाउँपालीकाबाट २८ जना गरी ३८९ जना डिस्चार्ज भएका छन ।
अहिले जिल्लाका बिभिन्न आईसोलेशनमा ८ जना सक्रिय संक्रमितहरु उपचाररत रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ४ जना र भुमिकास्थान नगरपालीकामा ४ जना गरी जम्मा ८ जना संक्रमितहरु आईसोलेशनमा रहेका छन । संक्रमणका कारण यसअघि ४ जनाको ज्यान गईसकेको छ ।
यसैबिच बिहिवार दिउँसोसम्म जिल्लामा १२० जना संस्थागत क्वरेन्टीनमा र ७३ जना होम क्वरेन्टीनमा गरी जम्मा १९३ जना व्यक्तिहरु बिभिन्न क्वरेन्टीनमा रहेका छन् । पछिल्लो २४ घण्टामा भुमिकास्थान नगरपालीकाको क्वरेन्टीनमा ७ जना थपिएका छन भने सन्धिखर्क नगरपालीकाको क्वरेन्टीनबाट २ जना डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिक्रम थापाले जानकारी दिनुभएको छ ।
