असोज ६,सोलुखुम्बु – सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको ज्यान गएको छ ।आज बिहान आफ्नै घरको छतमा जाने क्रममा बोकेको रडले विद्युतको तारमा छुँदा करेन्ट लागेर घाइते भएका तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ । source:ujyaaloonline