जनकपुर आइपुग्याे नेपाली रेल

असोज २, धनुषा – नेपाली झण्डा अङ्कित रेल जनकपुर आइपुगेकाे छ । एउटा इन्जिन र चार वटा बोगीसहितकाे रेल शुक्रबार दिउँसाे जनकपुर आइपुगेकाे रेल विभागका महानिर्देशक बलराम मिश्रले फेसबुकमार्फत जानकारी दिनुभएकाे छ । नेपाली रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै शुक्रबार दिउँसाे जनकपुर आइपुगेको हो, रेलकाे भव्य स्वागत गर्दै जनकपुरमा हस्तान्तरण गर्ने तयारी छ । 

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि दुई वटा रेल नेपाल आइपुगेकाे हाे ।  ६ वर्षअघि २०७१ सालदेखि रेल सेवा बन्द रहेकोमा अब फेरि सञ्चालन हुनेछ । आवश्यक कानुन बनाएर दशैं-तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको होे ।

जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ । रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीको हो । कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाइसकेको छ । जनकपुरमा रेल आइपुगेपछि अहिले त्यहाँ ठूलाे भिड देखिएकाे छ । फाेटाे खिच्नेदेखि भिडियाे लिनेसम्मकाे ठूलाे उपस्थिति देख्न सकिन्छ । source:ujyaaloonline

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.