अर्घाखाँचीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी,संक्रमितको संख्या ३८८ पुग्यो


श्याम घिमिरे
असोज २ अर्घाखाँची–

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ३८८ पुगेको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा समुदाय स्तरका ६ जनालाई कोरोना संक्रमण पुष्टी भए संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३८८ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । हालसम्म सन्धिखर्क नगरपालीकामा ७६ जना, ,शितगंगा नगरपालीकामा ८० जना ,भुमिकास्थान नगरपालीकामा १२० जना, मालारानी गाउँपालीकामा ७० जना, पाणिनि गाउँपालीकाबाट १४ जना र छत्रदेब गाउँपालीकामा २८ जना गरी जम्मा ३८८ जना कोरोना संक्रमित भएका छन ।

यस्तै पछिल्लो २४ घण्घामा ३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन । यस संगै हालसम्म सन्धिखर्क नगरपालीकाबाट ५७ जना, ,शितगंगा नगरपालीकाबाट ६८ जना ,भुमिकास्थान नगरपालीकाबाट ११६ जना, मालारानी गाउँपालीकाबाट ६९ जना, पाणिनि गाउँपालीकाबाट १४ जना र छत्रदेब गाउँपालीकाबाट २८ जना गरी जम्मा ३५२ जना डिस्चार्ज भएका छन ।

अहिले जिल्लाका बिभिन्न आईसोलेशनमा ३२ जना सक्रिय संक्रमितहरु उपचाररत रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा १९ जना, शितगंगा नगरपालीकामा १० जना र भुमिाकस्थान नगरपालीकामा ३ जना गरी जम्मा ३२ जना संक्रमितहरु बिभिन्न आईसोलेशनमा रहेका छन । कुल संक्रमित मध्ये ४ जनाको यसअघि ज्यान गईसकेको छ ।

यसैबिच बिहिबार दिउँसोसम्म जिल्लामा २१९ जना संस्थागत क्वरेन्टीन र १०४ जना होम क्वरेन्टीनमा गरी जम्मा ३२३ जना व्यक्तिहरु बिभिन्न क्वरेन्टीनमा रहेका छन् । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा २ जना, शितगंगा नगरपालीकामा ४ जना र भुमिकास्थान नगरपालीकामा १३ जना गरी जम्मा १९ जना व्यक्तिहरु बिभिन्न क्वरेन्टीनमा थपिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ ।

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.