श्याम घिमिरे
भदौ,३१ अर्घाखाँची–
अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ३८२ पुगेको छ । पछिल्लो २४ घण्टामा शितगंगा नगरपालीका वडानम्वर ७ का ७ जना र वडानम्वर १० का १ जना गरी ८ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो संक्रमितमध्ये ७ जना संस्थागत क्वरेन्टीनमा रहेका थिए भने १ जना होम क्वरेन्टीनमा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । हालसम्म सन्धिखर्क नगरपालीकामा ७० जना, ,शितगंगा नगरपालीकामा ८० जना ,भुमिकास्थान नगरपालीकामा १२० जना, मालारानी गाउँपालीकामा ७० जना, पाणिनि गाउँपालीकाबाट १४ जना र छत्रदेब गाउँपालीकामा २८ जना गरी जम्मा ३८२ जना कोरोना संक्रमित भएका छन ।
यस्तै हालसम्म सन्धिखर्क नगरपालीकाबाट ५६ जना, ,शितगंगा नगरपालीकाबाट ६६ जना ,भुमिकास्थान नगरपालीकाबाट ११६ जना, मालारानी गाउँपालीकाबाट ६९ जना, पाणिनि गाउँपालीकाबाट १४ जना र छत्रदेब गाउँपालीकाबाट २८ जना गरी जम्मा ३४९ जना डिस्चार्ज भएका छन ।
अहिले जिल्लाका बिभिन्न आईसोलेशनमा २९ जना सक्रिय संक्रमितहरु उपचाररत रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा १४ जना, शितगंगा नगरपालीकामा १२ जना र भुमिाकस्थान नगरपालीकामा ३ जना गरी जम्मा २९ जना संक्रमितहरु बिभिन्न आईसोलेशनमा रहेका छन । कुल संक्रमित मध्ये ४ जनाको यसअघि ज्यान गईसकेको छ ।
यसैबिच बुधवार दिउँसोसम्म जिल्लामा १९७ जना संस्थागत क्वरेन्टीन र १०४ जना होम क्वरेन्टीनमा गरी जम्मा ३०१ जना व्यक्तिहरु बिभिन्न क्वरेन्टीनमा रहेका छन् । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट ७ जना,शितगंगा नगरपालीकाबाट ६ र भुमिकास्थान नगरपालीकाबाट ९ जना गरी जम्मा २२ जना व्यक्तिहरु बिभिन्न क्वरेन्टीनबाट डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ ।
