भदौ ३०, काठमाण्डौ – सरकारले पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकारका रुपमा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई मन्त्रीसरहको सुविधा र हैसियत दिने गरी प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । खतिवडाले गएकाे भदाै १९ गते अर्थमन्त्री पदबाट राजीनामा दिनुभएकाे थियाे । खतिवडाले सांसद नभइ ६ महिनासम्म मात्र मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाकाे कारण राजीनामा दिनुभएकाे थियाे । साेमबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले खतिवडाकाे ठाउँमा वामदेव गाैतमलाई मनोनित गर्न राष्ट्रपतिसमझ सिफारिस गरेकाे छ ।