श्याम घिमिरे
भदौ २७ अर्घाखाँची-
अर्घाखाँचीमा सुक्रवार २ जनाले कोरोना भाईरस संक्रमणलाई जितेर घरफर्किएका छन । जिल्लाको भुमिकास्थान नगरपालीकाको आईसोलेशनमा रहेका २ जनाले कोरोनालाई जितेर घर फर्किएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यस संगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३४२ पुगेको छ । हालसम्म सन्धिखर्क नगरपालीकाबाट ६८ जना, ,शितगंगा नगरपालीकाबाट ७२ जना ,भुमिकास्थान नगरपालीकाबाट ११७ जना, मालारानी गाउँपालीकाबाट ७० जना, पाणिनि गाउँपालीकाबाट १४ जना र छत्रदेब गाउँपालीकाबाट २८ जना गरी जम्मा ३४२ जना डिस्चार्ज भएका छन ।
अहिले जिल्लाका बिभिन्न आईसोलेशनमा २३ जना सक्रिय संक्रमितहरु उपचाररत रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा १८ जना, ,शितगंगा नगरपालीकामा ४ जना ,भुमिकास्थान नगरपालीकामा र १ जना गरी जम्मा २३ जना संक्रमितहरु आईसोलेशनमा रहेका छन । जिल्लामा हालसम्म ३६९ जना संक्रमित भएका छन भने संक्रमणका कारण ४ जनाको ज्यान गईसकेको छ ।
यसैबिच सुक्रवार दिउँसोसम्म १४६ जना व्यक्तिहरु जिल्लाका बिभिन्न क्वरेन्टीनमा रहेका छन् । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ३ र शितगंगा नगरपालीकामा ८ जना गरी जम्मा ११ जना बिभिन्न क्वरेन्टीनमा थपिएका छन भने भुमिकास्थान नगरपालीकाको क्वरेन्टीनबाट १ जना डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ ।
