श्याम घिमिरे
भदौ,२७ अर्घाखाँची–
अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ३७० पुगेको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाका १ जना महिलालाई कोरोना संक्रमण पुष्टी भएसंगै संक्रमितको संख्या ३७० पुगेको हो । यसभन्दा अगाडी देखीएका कोरोना संक्रमितको परीबारका सदस्यमा कोरोना जाँच गर्दा पोजेटिभ देखीएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा भुमिकास्थान नगरपालीकाको आईसोलेशनबाट १ जना डिस्चार्ज भएका छन । यससंगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३४३ पुगेको छ । हालसम्म सन्धिखर्क नगरपालीकाबाट ५० जना, ,शितगंगा नगरपालीकाबाट ६६ जना ,भुमिकास्थान नगरपालीकाबाट ११६ जना, मालारानी गाउँपालीकाबाट ६९ जना, पाणिनि गाउँपालीकाबाट १४ जना र छत्रदेब गाउँपालीकाबाट २८ जना गरी जम्मा ३४३ जना डिस्चार्ज भएका छन ।
अहिले जिल्लाका बिभिन्न आईसोलेशनमा २३ जना सक्रिय संक्रमितहरु उपचाररत रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा १९ जना र शितगंगा नगरपालीकामा ४ जना गरी जम्मा २३ जना संक्रमितहरु बिभिन्न आईसोलेशनमा रहेका छन । कुल संक्रमित मध्ये ४ जनाको ज्यान गईसकेको छ ।
यसैबिच सनिवार दिउँसोसम्म १५८ जना व्यक्तिहरु जिल्लाका बिभिन्न क्वरेन्टीनमा रहेका छन् । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ५ र भुमिकास्थान नगरपालीकामा ७ जना गरी जम्मा १२ जना बिभिन्न क्वरेन्टीनमा थपिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ ।
