आफुमाथि लागेका आरोप झुटो भएको भुमिकास्थानका मेयरको भनाइ,

गोपाल प्रसाद भट्टराई

अर्घाखाँची – अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा नेतृत्वमा देखिएको बिवाद उत्कर्षमा पुगेको छ । उप–प्रमुख खडानन्द वेल्वासे र नगर प्रवक्ता बाबुराम पन्थीले छलफल र निर्णयनै नभएको विषय माइन्युटमा छिराएर नगर प्रमुखले नितिगत भ्रष्टाचार गरेको आरोप लगाउँदा नगर प्रमुख रेसम थापाले आफुले कुनै त्रुटि नगरेको जिकिर गरेपछि नेतृत्वमा देखिएको बिवाद उत्कर्षमा पुगेको हो ।

गत भदौ १९ गते नगर उप–प्रमुख र प्रवक्ताले नगरको सभाहलमै पत्रकार सम्मेलन गरि सरकारको एक पालिका,एक अस्पतालको निति अनुसार असुरकोटमा अस्पताल बनाउने गरि संघिय सरकारबाट परिपत्र भएको तर नगरसभाले कहाँ बनाउने भन्ने एकिन टुङ्गो नलगाउँदै नगर प्रमुखले अस्पताल नुवाकोटमा बनाउनुपर्ने माग राखेर मन्त्रालयमा पत्र पठाएको,नगरपालिकामा करार र निजि स्रोतमा काम गर्ने कर्मचारीको म्याद थप गर्ने बिषयमा छलफल नै नभएको तर मेयरले एकलौटि गरि एक बर्ष म्याद थप्दा किर्ते गरि नितिगत भ्रष्टाचार गरेको दाबी गर्नुभएको छ । यसैविच आफु माथि लागेको आरोप खण्डन गर्न आज नगर प्रमुख रेसम थापाले पत्रकार सम्मेलन गर्नुभएको छ ।

नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा आफुले कुनैपनि किसिमको गल्ती नगरेको नगरप्रमुख थापाले दाबी गर्नुभएको छ । दुइ पृष्ठ लामो विज्ञप्ती प्रस्तुत गर्दै नगर प्रमुख थापाले आफुले नगरपालिकालाई भ्रष्टाचार मुक्त गराउँदै समृद्ध नगर बनाउने योजनामा अगाडि बढिरहँदा सहकर्मीहरुबाटै अबरोध हुँदै आएको गुनासो समेत गर्नुभएको छ । नगरपालिकाका सबै काम कार्बाही कार्यपालिकाको निर्णय र सल्लाहबाटै भएको,आफुले राम्रो काम गरेको सहन नसकेर झुटा आरोप लगाएको नगरप्रमुख थापाको दाबी छ ।

यता नगरपालिकाको सभाहलमै आयोजित पत्रकार सम्मेलनमा उप–प्रमुख खडानन्द वेल्वासे र नगर प्रवक्ता बाबुराम पन्थी सहभागि भएपनि अतिथि आसनग्रहणपनि रोलक्रम अनुसार नगराइएको र आफुहरुका जिज्ञासा राख्न खोज्दा नगर प्रमुखले पत्रकार सम्मेलन समापन भएको घोषणा गरि भागेको प्रतिक्रिया दिनुभएको छ ।

पत्रकार सम्मेलनमा मेयर थापाले आफ्नो धारणा राखेपछि उपमेयर वेल्वासे र नगरप्रवक्ता पन्थीले आफ्नो धारणा राख्न खोज्दा मेयरले हस्तक्षेप गरि पत्रकार सम्मेलन सकिएको घोषणा गरेपछि नगरको सभाहलमा कोलाहल समेत भएको थियो । मेयरले नगरपालिकाको बिभिन्न बैठकका माइन्युटमा छलफल नै नभएका बिषय किर्ते गरि निर्णयमा छिराएको,समस्या समाधान गर्न कार्यपालिका वा बिशेष नगरसभा आयोजना गर्न माग गर्दा ठाडै अस्विकार गरेको,जवाफ माग्दा मेयर भाग्ने गरेको जस्ता आरोप उपमेयर र नगरप्रवक्ताले लगाउँदै आउनुभएको छ भने मेयर थापाले आरोपको खण्डन गर्दै आउनुभएको छ ।

आपसमा जुहारी गरिरहँदा नगरपालिकाको सेवा प्रवाहमा समस्या उत्पन्न हुने र नेतृत्वबिचको दुरी बढ्दै जाँदा विकास निर्माणमा समेत बाधा आउने देखिन्छ । आजको पत्रकार सम्मेलन नगर प्रमुख रेसम थापाको अध्यक्षता र वडा नम्बर १० का अध्यक्ष खगिश्वर पन्थीको संचालनमा सम्पन्न भएको हो ।

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.