कोरोनाले उजाडिएको परिवार, २८ दिनभित्र तीन जनाको मृत्यु ,दुई छोरीलाई कोरोनाले लग्यो, बाबुलाई कालगतिले

भदौ २१, २०७७ विराटनगर : कोरोना संक्रमणका कारण विराटनगरको एक परिवार नै उजाडिएको छ। २८ दिनको अवधिमा एकै परिवारको तीन जनाको मृत्य भएपछि परिवार नै उजाडिएको हो। बुबाको कालगतिले मृत्यु भएपनि दुई छोरीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। विराटनगर–११ एक परिवारका मुख्य सदस्य ७० बुबाको गएको साउन २३ गते घरमै मृत्यु भएको थियो।

बुबाको मृत्यु भएको २० दिनपछि कान्छी छोरी र त्यसको ठिक १० दिनपछि ठूली छोरीको पनि मृत्यु भएको छ। उनीहरु दुबैको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। मृत्यु भएका दुबै छाेरी कोरोना संक्रमित भएको विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की बताए। ‘सामान्य स्वास्थ्य समस्याका कारण बुबाको मृत्यु कालगतिले नै भएको थियो’ स्वास्थ्य महाशाखा प्रमुख कार्कीले भने,‘बुबाको मृत्यु संस्कारको काम सकिएको सात दिन नबित्दै ज्यान गयो।’ घरकी जेठी छोरीको पनि गएको शुक्रबार धरानमा मृत्यु भएको छ।

उनीहरु दुबैको मृत्युको कारण कोरोना संक्रमण भएका कारण रहेको कार्कीले बताए। स्थानीयका अनुसार ७० वर्षीय बुबाको साउन २३ गते घरमै निधन भएको थियो। उनको निधन भएको २८ दिन भित्र कोरोनाबाट संक्रमित बनेका दुई छोरीको पनि मृत्यु भएको हो। वृद्धको मृत्यु भएको २० दिनपछि भदौ ९ गते राति ४०  वर्षीय छोरी र भदौ १९ अर्की छोरीको पनि मृत्यु भएको हो। बाबुको मृत्यु संस्कारको काममा बसेकी ४० वर्षीया कान्छी छोरीमा कामकै बीचमा ज्वरो आउने, छाति दुख्ने लगायत समस्या देखिएको थियो।

काममा बसेका बेला स्वास्थ्यमा समस्या आएपनि समयमै उपचार नहुँदा उनमा पछि निमोनिया देखिएको थियो। कान्छी छोरीको स्वास्थ्यमा निकै समस्या आएपछि अन्तिम अवस्थामा विराट शिक्षण अस्पतालमा पुर्याइएकी उनको उपचारका क्रममा भदौ ९ गते मृत्यु भएको थियो। विराटनगर–१५ मिल्स एरिया घर भए पनि उनी विराटनगर–११ स्थित माइतीमै बस्दै आएकी थिइन्। त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत उनकै ४३ वर्षीया दिदीको पनि शुक्रबार साँझ मृत्यु भएको छ।

पेट र छाति दुख्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्यूरो अस्पतालले संक्रमित महिलालाई थप उपचारका लागि प्रतिष्ठान पठाएको थियो। छिमेकीका अनुसार  मृतक जेठी छोरी विवाह नगरिकन माइतीमै बस्दै आएकी थिइन्।  भदौ १६ गते स्वास्थ्यमा समस्या देखिएपछि परिवारका सदस्यले उनलाई उपचारका लागि न्यूरो अस्पताल भर्ना गरेका थिए। सात जनाको परिवार रहेको उनीहरु मध्ये परिवारका दुई सदस्य कोरोनाका कारण र बुबाको कालगतिले मृत्यु भएपनि परिवारका अन्य सदस्यमा भने कोरोना संक्रमण देखिएको छैन्। परिवारमा रहेका मध्ये मृतकका ६३ वर्षीया श्रीमती  दुई छोरा र ४० वर्षीया अर्की छोरीको भने रिपोर्ट नेगेटिभ आएको छ।
source:thahakhabar

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.