भदौ २१ अर्घाखाँची – जिल्ला कारागार अर्घाखाँचीमा कैद भुक्तान गरिरहेका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।चोरी मुद्दामा कैद भुक्तान गरिरहेका रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ का ४६ वर्षीय कैदी विजय भनिने रामप्रसाद पाण्डेको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको कारागारका निमित्त जेलर कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार मृतक पाण्डेलाई मुटुको समस्या थियो ।
शनिवार साँझ उनको शरीर एक्कासि सुन्निन थालेपछी अर्घाखाँची अस्पतालमा उपचारका लागी लगिएको थियो । अस्पतालले स्वास्थ्य अवस्था जटिल रहेको बताएपछी उनलाई थप उपचारका लागि शनिवार साँझ नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगीएको थियो । उपचारकै क्रममा उनलाई राती १ बजे चिकित्सकले मृत घोषणा गरेका निमित्त जेलर आचार्यले बताए । source:lumbinipost.com