भदौ १७, २०७७ काठमाडाैं: क्यारेबियन प्रिमियर लिगमा सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाज ट्रिनबागो नाइट राइडर्ससँग पराजित भएको छ। गएराति भएको खेलमा जमैका १९ रनले पराजित भएको हो। सन्दीपले १ विकेट लिएर २० रन दिएका थिए। टस हारेर ब्याटिङ गरेको ट्रिनबागोले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। उसका लागि कोलिन मुन्द्रोले सर्वाधिक ६५ रन बनाउँदा क्नयारेन पोलार्डले अभिजित ३३ रन, सुनिल नारेनले २९, लेन्डिल सिमोन्सले २५ र टिम सेइफर्डले १८ रन जोडे।
जमैकाका लागि कार्लोस ब्राथवेटले २ विकेट लिँदा सन्दीप र फिडेल एडवार्डसले १–१ विकेट लिए। सन्दीपले सिमोन्सको विकेट लिएका थिए। उनले ४ ओभर बलिङ गर्दै २० रन दिए। जवाफी ब्याटिङमा उत्रिएको जमैकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रनमा मात्र बनाउन सक्यो। जसका लागि आन्द्रे रशेलले अविजित अर्धशतक बनाए भने ग्लेन फिलिप्सले ४१ रन, बोनरले २६ रन तथा ब्राथवेटले अभिजित २१ रन जोडे। पराजयसँगै ७ खेलमा ३ जित र ४ हार ब्यहोरेको जमैका ६ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ।