श्याम घिमिरे
भदौ १७ अर्घाखाँची-
नेपाल टेलिकमको अप्टीकल फाईबर (Adss) ब्रेक हुँदा अर्घाखाँचीका बिभिन्न स्थानका टाबरहरु अबरुद्ध भएकाछन । सदरमुकाम सन्धिखर्क देखी झण्डै साढे २ किलोमिटरको क्षेत्रमा अप्टीकल फाईबर ब्रेक हुँदा जिल्लाको किमडाँडा, धारापानी, ढाकावाङ, असुरकोट,हंसपुर,पाली र वाङ्लामा रहेका जिएसएम बिटिएस टाबर बन्द भएका हुन ।
टाबर बन्दहुँदा त्यस क्षेत्रका 2g,3g र 4g सेवा अबरुद्ध भएको नेपाल टेलिकम अर्घाखाँचीका कार्यालय प्रमुख गोबिन्द पराजुलीले जानकारी दिनुभएको छ । फाईबर मर्मत कार्यकोलागी फिल्डमा प्राबिधिकहरु खटिएपनि प्रतिकुल मौसमका कारण मर्मत कार्यमा समस्या परेको प्रमुख पराजुलीले बताउनुभएको छ । प्रतिकुल मौसमका बावजुतपनि प्राबिधिकहरु मर्मत कार्यमा जुटिरहेकोले यथासाध्य छिटो टाबरहरु सञ्चालनमा आउने टेलिकम अर्घाखाँचीका प्रमुख गोबिन्द पराजुलीले जानकारी दिनुभएको छ ।
