श्याम घिमिरे
भदौ १७ अर्घाखाँची-
अर्घाखाँचीमा थप एक हप्ता लकडाउन हुने भएको छ । आज बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र ( डिसीसीएमसी) को बैठकले भदौ २४ गते राती १२ बजेसम्मका लागी लकडाउन थप गर्ने निर्णय गरेको छ ।
यसअघि आज राती १२ बजेसम्मको लागि लकडाउन गरिएकोमा यसलाई बढाएर २४ गते राती १२ बजे सम्म लगिएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिनुभयो ।
देशका बिभिन्न जिल्लाहरु र छिमेकि जिल्ला कपिलवस्तु, रुपन्देही लगायतका क्षेत्रहरुमा कोरोना भाइरसको संक्रमण बढीरहेको र अर्घाखाँचीमा पनि समुदाय स्तरमा कोरोना संक्रमित हुन लागेपछि लकडाउन अबधि थपिएको प्रशासनले जनाएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयमा मंगलबार गरीएकोे राजनितिक दल र सञ्चारकर्मीहरुसँगको छुट्टाछुट्टै भेटघाटमा लकडाउनलाई निरन्तरता दिन उनिहरुले सुझाव दिएका थिए ।
