अर्घाखाँचीमा वुधवार बिहान ६ बजे देखी भदौ १० गते सम्म बन्दाबन्दी हुने ।


श्याम घिमिरे
भदौ २ अर्घाखाँची-
अर्घाखाँची जिल्लामा एक साताका लागि बन्दाबन्दी हुने भएको छ । जिल्ला स्तरीय कोभीड १९ संकट व्यवस्थापन केन्द्र डिसीसीएमसीको आयोजनामा मंगलवार सन्धिखर्कमा बसेको सर्बपक्षिय बैठकले बुधवार बिहान ६ बजे देखि भदौ १० गते साँझ ६ बजेसम्मकालागी बन्दाबन्दी गर्ने निणर्य गरेको छ । देशका बिभिन्न जिल्लाहरु र छिमेकि जिल्लाहरुमा कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा नै फैलिएको अबस्था रहेकोले जिल्लामा पनि समुदायमा संक्रमण फैलिन सक्ने गम्भीर सम्भाबना रहेको भन्दै एक हप्ताकोलागी बन्दाबन्दी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बताउनु भयो ।

बैठकले बन्दाबन्दीको समयमा अन्य जिल्ला र जिल्लाभित्र पनि एम्बुलेन्स ,दमकल ,शव–बाहन, सुरक्षाकर्मी ,इन्धन ग्याँस ,अत्यावश्यक खाध पदार्थ, स्वास्थ्य कर्मी रहेको सवारी साधन र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त सवारी साधन मात्र चालु रहने निर्णय गरेको छ । यस्तै बैठकले माथी उल्लेखित बाहेक साना ठुला सवारी साधन र मोटरसाइक चालु नरहने निर्णय गरेको छ । बैठकले सरकारी कार्यालय र बैंक तथा बित्तिय संस्था खुला रहने र अत्यावश्यक सेबा बाहेक अन्य सेबा प्रबाह नहुने निर्णय गरेको छ । यस्तै खाद्यान्न पसल पेट्रोल पम्प,औषधि पसल, तरकारी तथा फलफुल पसल, दुध डेरी,मासु पसल लगायत अत्यावश्यक पसल खल्ला हुने निर्णय गरेको छ ।

यस्तै उद्योगधन्दा ,बिकास निर्माणका कार्य जुन स्थानमा काम भईरहेको छ,कामदारहरुलाई सोही स्थानमा खाने बस्ने, क्वरेन्टीनको व्यबस्था गरी मात्र सन्चालन गर्ने निर्णय गरेको छ । माथी उल्लेखित सुचनाको बिपरीत भए गरेको पाईएमा संक्रमण रोग ऐन २०२० र स्थानिय प्रशासन ऐन २०२८ बमोजिम कारकाही गरीने सहायक प्रजिअ बिक्रम थापाले बताउनुभयो । यसैबिच लकडाउनको समयमा औषधि उपचार र खाद्यवस्तुको खरिदजस्ता अत्यावश्यक कामबाहेक अन्य कार्यमा बैठकले बन्देज गरेको छ । बैठकले सभा, सम्मेलन, गोष्ठी, धार्मिक पर्वलगायत अन्य भिडभाड हुने कार्यक्रम नगर्न समेत आग्रह गरेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.