अर्घाखाँचीमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ सय ३० पुग्यो, ३२४ जना संक्रमित डिस्चार्ज


श्याम घिमिरे
भदौ १ अर्घाखाँची –

अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्लाको शितगंगा नगरपालीकाका एकजना पुरुषमा सोमवार कोरोना संक्रमण देखिएकोे हो । केहि समय अगाडी भारतबाट आई होम क्वरेन्टीमा बसेका उनमा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३३० पुगेको छ । हालसम्म सन्धिखर्क नगरपालीकामा ४४ जना, शितगंगा नगरपालीकामा ६७ जना, भुमिकास्थान नगरपालिकामा १०९ जना ,मालारानी गाउँपालीकामा ६८ जना, पाणिनी गाउँपालिकामा १४ जना र छत्रदेब गाउँपालीकामा २८ जना गरी ३३० जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अर्घाखाँचीका संक्रमितमध्ये हालसम्म ३२४ जना निको भएर घर फर्किएका छन् । जसमा सन्धिखर्क नगरपालिकाका ४४ जना, शितगंगा नगरपालिकाका ६५ जना , भुमिकास्थान नगरपालीकाका १०६ जना,मालारानी गाउँपालीकाका ६७ जना, पाणिनी गाउँपालिकाका १४ जना र छत्रदेव गाउँपालिकाका २८ जना गरि ३२४ जना डिस्चार्ज भएको प्रशासनले जनाएको छ । हाल भुमिकास्थान नगरपालीकामा २ जना र शितगंगा नगरपालीकामा १ जना गरी जम्मा ३ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् । कोरोना संक्रमणका कारण शितगंगा नगरपालीका, भुमिकास्थान नगरपालीका र मालारानी गाउँपालीकाका १/१ जना गरी जम्मा ३ जनाको मृत्यु भैसकेको छ ।

यसैबिच सोमवार दिउँसोसम्म जिल्लाका बिभिन्न क्वरेन्टीनमा १६२ जना व्यक्तिहरु रहेका छन् । पछिल्लो २४ घण्टामा भुमिकास्थान नगरपालीकाको क्वरेन्टीनमा १ जना मात्रै क्वरेन्टीनमा भित्रिएका छन भने भुमिकास्थान नगरपालीकाको क्वरेन्टीनबाट ७ जना डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ । अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५१ सय ३ वटा बेड सहितको क्वरेन्टीन स्थापना गरि भारत लगायत अन्य मुलकबाट आएका व्यक्तिहरुलाई क्वरेन्टीनमा राख्ने गरेका छन ।

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.