नेपाल बार एशोसियसन जिल्ला इकाई अर्घाखाँचीको निर्वाचन सम्पन्न, अधिबक्ता बिजय कुमार खत्रीको अध्यक्षमा ९ सदस्यीय समिती निर्बिरोध निर्वातित ।।


श्याम घिमिरे
साउन ३० अर्घाखाँची –
नेपाल बार एशोसियसन जिल्ला इकाई अर्घाखाँचीको निर्वाचन सुक्रबार सन्धिखर्कमा सम्पन्न भएको छ । निर्बिरोध रूपमा सम्पन्न निर्वाचनले अधिबक्ता बिजय कुमार खत्रीको अध्यक्षतामा ९ सदस्यीय नेपाल बार एशोसियसन जिल्ला इकाई अर्घाखाँचीको कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा अधिबक्ता पवित्रा भट्टराई ,सचिवमा अभिबक्ता देबेन्द्र बन्जाडे, कोषाध्यक्षमा अधिबक्ता टामलाल पाण्डे र सदस्यहरूमा अभिबक्ता गिता भुसाल ,जगन्नाथ भुसाल ,ईन्दु पाण्डे ,कृष्ण बहादुर सुनार र कुलचन्द्र खनाल निर्वाचित हुनुभएको छ । यस्तै निर्वाचनबाट केन्द्रीय पार्षदमा अधिबक्ता के.बी. भुसाल निर्वाचित हुनुभएको बारले जनाएको छ ।

जिल्लामा बारको स्थापना संगै गरीव दुखि र असाहय व्यक्तिहरुले निशुल्क रुपमा कानुनी सेवा पाउनुको साथै गाउँ गाउँमा पुगेर कानुनी सचेतना कार्यक्रमसमेत सञ्चालन गरेको नबनिर्वाचित अध्यक्ष खत्रिले बताउनु भयो । निर्वाचन कार्यक्रम अर्घाखाँची जिल्ला अदालतका श्रेस्तेदार महेश खनालको संयोजनमा सम्पन्न भएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.