श्याम घिमिरे
साउन २६ अर्घाखाँची –
एकिकृत अखिल नेपाल शिक्षक संगठन अर्घाखाँचीको अनलाईन बैठक सोमबार सम्पन्न भएको छ । संगठनका जिल्ला अध्यक्ष युबराज भुसालको अध्यक्षता,उपाध्यक्ष माधवा भुसालको स्वागत मनतब्य र सचिब बसन्त बहादुर खड्काको सञ्चालनमा सम्पन्न बैठकमा संगठनका केन्द्रिय उपाध्यक्ष मानबहादुर पाण्डेले बर्तमान समयमा कोभिड–१९ ले शिक्षा क्षेत्रमा पारेको प्रभाब,बैकल्पीक शिक्षण बिधि र संगठनले देशव्यापी रुपमा संचालन गरेको पेशागत आन्दोलनको अनलाईन अभियानका साथै बिभाग गठनको औचित्यको बारेमा प्रकाश पार्नुभएको थियो ।
बैठकले रोमा खनालको संयोजकत्वमा ११ सदस्यीय महिला शिक्षक बिभाग गठन गरेको छ । जसको ईन्चार्जमा माधबा भुसाल चयन हुनुभएको छ । यस्तै चुरामणी केसी ईन्चार्ज र रुद्र पोख्रेल संयोजक रहेको ११ सदस्यीय राहत शिक्षक बिभाग र खुमबहादुर बस्नेत संयोजक रहेको ७ सदस्यीय साबिक उच्च माबि शिक्षक बिभाग गठन गरेको संगठनले जनाएको छ ।
बैठकमा संगठनका केन्द्रीय सदस्य शुभाषचन्द्र बन्जाडे,सल्लाहकार संयोजक कमल घिमिरे,दिनानाथ पराजुली,झबिन्द्र खड्का लगायतको आतिथ्यता रहेको थियो ।
