श्याम घिमिरे
साउन २५ अर्घाखाँची–
सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाई नगर आयोजना उपभोक्ता मूल संस्थाको बैठक आज सन्धिखर्कमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठको अध्यक्षता, बरीष्ठ उपाध्यक्ष रामबहादुर रायमाझीको स्वागत मनतब्य र सचिब कमलप्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न बैठकले आगामी भाद्र १ गतेदेखी खानेपानीको न्यूनतम शुल्क घटाउने लगायतका महत्वपुर्ण निर्णय गरेको छ । संस्थाले नौलापानी राटटारी सन्धिखर्क १ र २ को खानेपानी आयोजनाको पानी आपुर्ति गर्ने कार्य सञ्चालनमा ल्याएकोले आगामी भाद्र १ गते देखी लागुहुने गरी साबिकको न्यूनतम महशुल रु ३२० लाई घटाई रु २५० कायम गर्ने निर्णय गरेको कार्यालय प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

यस्तै बैठकले संस्थाले ल्याएको कार्यक्षेत्र भित्र निर्माण व्यवसायी र उपभोक्ताहरुले सडक निर्माण कार्य गर्दा, घर निर्माण गर्दा र अन्य निर्माणका कार्यहरु गर्दा खानेपानीका पाईपहरु काटिने गरेकोले अब उप्रान्त निर्माण कार्य गर्दा र गराउदा संस्थासंग समन्वय गर्न आग्रह समेत गरेको छ । यस्तै बैठकले गत बर्षको समीक्षा र आगामि बर्षको कार्य योजना निर्माण गर्नुका साथै आय(व्यय सार्वजनिक गरेको कार्यालय प्रमुख आचार्यले बताउनु भयो । बैठकले खानेपानी सञ्चालनमा सहयोग पु¥याउने सम्पुर्ण संघसंस्था ,राजनीतिक दल,निर्माण व्यवसायी ,उपभोक्ता ,नागरिक समाज लगायतलाई धन्यवाद दिने निर्णय समेत गरेको संस्थाका सचिब कमलप्रसाद घिमिरेले बताउनुभयो ।




