श्यमक घिमिरे
साउन १८ सन्धिखर्क-
त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क २ को बार्षिक समिक्षा तथा योजना तर्जुमा सम्बन्धि बिस्तारीत बैठक सनिवार सन्धिखर्कमा सम्पन्न भएको छ । भौतिक दुरी कायम गरी सम्पन्न भएको कार्यक्रम संस्थाका अध्यक्ष उत्तममणि मिश्रको अध्यक्षता,उपाध्यक्ष यमकला बन्जाडेको स्वागत मनतब्य र सचिब कमल प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका लेखा संयोजक शिब बेल्बासेले आन्तरीक लेखापरीक्षण, व्यवस्थापक तुल्सी खनालले संस्थाको गत बर्षको हिसाब प्रस्तुत,सचिब कमलप्रसाद घिमिरेले आ.ब २०७७/०७८ को लागी प्रस्तावीत कार्ययोजना र कोषाध्यक्ष मोहन भुसालले आ.ब २०७७/०७८ को लागी प्रस्तावीत अनुमानीत आयव्यय प्रस्तुत गर्नु भएको हो । बैठकले आ.ब २०७६/०७७ को लागी लेखा परीक्षक समेत नियुक्ति गरेको संस्थाले जनाएको छ ।








