श्याम घिमिरे
साउन १५ अर्घाखाँची-
अर्घाखाँचीमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । बिहिबार सन्धिखर्क नगरपालीकाका एकजनामा कोरोना संक्रमण देखिएकोे हो । यो संगै जिल्लामा संक्रमितको संख्या ३ सय २७ पुगेको छ ।
जसमा सन्धिखर्क नगरपालीकामा ४४ जना, शितगंगा नगरपालीकामा ६६ जना, भुमिकास्थान नगरपालिकामा १०७ जना ,मालारानि गाउँपालीकामा ६८ जना, पाणिनी गाउँपालिकामा १४ जना र छत्रदेब गाउँपालीकामा २८ जना गरी ३ सय २७ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यता जिल्लामा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । हाल सन्धिखर्क नगरपालीका र शितगंगा नगरपालीकाका १/१ जना गरी जम्मा २ जना मात्रै संक्रमित आइसोलेसनमा रहेका छन् । ३२७ जना संक्रमितमध्ये ३२२ जना कोरोनामुक्त भएर घर फर्केको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । हालसम्म सन्धिखर्क नगरपालिकाका ४३ जना, शितगंगा नगरपालिकाका ६४ जना , भुमिकास्थान नगरपालीकाका १०६ जना,मालारानी गाउँपालीकाका ६७ जना, पाणिनी गाउँपालिकाका १४ जना र छत्रदेव गाउँपालिकाका २८ जना गरि ३२२ जना डिस्चार्ज भएका छन । कोरोना संक्रमणका कारण शितगंगा नगरपालीका, भुमिकास्थान नगरपालीका र मालारानी गाउँपालीकाका १/१ जना गरी ३ जनाको मृत्यु भैसकेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्देशन अनुसार आइसोलेशनमा बसेको १४ दिनसम्म पनि कोरोना संक्रमणको कुनै लक्षण नदेखिएकाहरुलाई पुनः परीक्षण नगरी घर पठाउने गरिएको छ ।
यसैबिच बिहिवार दिउँसो सम्म जिल्लाका बिभिन्न क्वरेन्टीनमा ११४ जना व्यक्तिहरु रहेका छन् । गत जेठ महिनासम्म क्वरेन्टीनमा बस्नेको संख्या ६ हजार भन्दा माथी पुगेको भएपनि पछिल्लो समय भारत लगायत अन्य मुलुकबाट आउनेको संख्या कमी भएको र दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि भएकोले क्वरेन्टीनमा बस्नेको संख्या घट्दै गएको हो ।
पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा १ जना, शितगंगा नगरपालीमा २ जना र भुमिकास्थान नगरपालीकाको क्वरेन्टीनमा ११ जना गरी जम्मा १४ जना व्यक्तिहरु बिभिन्न क्वरेन्टीनमा भित्रिएका छन भने, सन्धिखर्क नगरपालीकाबाट २६ जना शितगंगा नगरपालीकाबाट १२ जना गरी जम्मा ३८जना व्यक्तिहरु बिभिन्न क्वरेन्टीनबाट डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ । अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५ हजार १ सय ३ वटा बेड सहितको क्वरेन्टीन स्थापना गरि भारत लगायत अन्य मुलकबाट आएका व्यक्तिहरुलाई क्वरेन्टीनमा राख्ने गरेका छन ।
