साउन १५,काठमाण्डौ – कालिकोटको महावै गाउँपालिका ७ कोटवाडामा पहिरोमा परेर २ जना बालबालिकाको ज्यान गएको छ । यस्तै पहिरोका कारण ४ जना सामान्य घाइते भएका छन् । स्थानीय तुल महताराको घर नजिकै ६ जना बालबालिका खेलिरहेको बेला ठूलो ढुङगा सहितको पहिरो खस्दा १२ वर्षका गणेश महतारा र ८ वर्षकी भावना भण्डारीको ज्यान गएको कालिकोटका प्रहरी नायब उपरीक्षक स्यामबाबु ओलीयाले बताउनुभयो । उहाँका अनुसार घाइते बालबालिकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । source:ujyaalonline