सुभाष ज्ञवाली र निरु आचार्यको मौलिक तीज गीतले छोटो समयमै चर्चा बटुल्दै।

सन्धिखर्क एफएम साउन १३ –

यतिबेला विभिन्न किसिमका तीज गीतहरु बजारमा आएका छन्। तीज पर्वको पनि छुट्टै महत्त्व रहेकोे छ। तीज गीतको विकास हाम्रो गाउँ ठाउँबाट भएको पाइन्छ। त्यसैले तीज गीतहरु पनि हाम्रै गाउँ ठाउँ अनुसारको हुनु पर्दछ। अहिले तीज गीत भनेर बजारमा आएका कतिपय गीतहरुले तीजको झल्को दिन सक्दैनन्। तर पनि निरु आचार्य र अभिनव चौहान गाएको तीज गीतमा पुरै मौलिकता पाउन सकिन्छ ।

सुभाष ज्ञवाली र निरु आचार्यले बजारमा लिएको तीज गीतमा अभिनव चौहान र निरु आचार्यको आवाज रहेकोे छ भने शब्द आफै अभिनवले सिर्जना गरेका हुन्। त्यसैगरी निरु आचार्यको परिकल्पनामा तयार भएको उक्त गीतमा कृष्ण लामिछानेले संगीत र एरेन्ज गरेका छन। अभिनव, सलिना र प्रीजमले अभिनय गरेको गीतमा सुमन सागर जङ्ग केसिले निर्देशन गरेका हुन् । गोकुल अधिकारीको छायांकन , सुरेश राउतले सम्पादन गरेको गीत मंगलम रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएर सम्झना लामिछाने मगरको आधिकारिक युटुब च्यानलमा आमाले किन्दिएको पछ्यौरी मौलिक तीज गीत बजारमा छ।

अर्घाखाँचीमा मास्क नलगाइ हिँडडुल गर्नेलाई कारबाही


श्याम घिमिरे
साउन १३ अर्घाखाँची –

अर्घाखाँचीमा मास्क नलगाइ हिँडडुल गर्नेलाई कारबाहीको प्रक्रिया सुरु भएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार सोमबार बिहान जिल्ला प्रशासन कार्यालय अर्घाखाँची, नेपाल प्रहरी र ट्राफिक प्रहरी लगायत सरोकारवाला निकायले सदरमुकाम सन्धिखर्कको बजारक्षेत्रमा माक्स नलगाई हिँडडुल गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कोभिड–१९ सम्बन्धी अपनाउनु पर्ने सावधानीका बारेमा चेतनामुलक जानकारी दिई सम्झाई बुझाई गरी छाडिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख, प्रहरी नायव उपरीक्षक माधब बुढाथोकीले जानकारी दिनुभयो । कोरोनाको जोखिम बढेकाले मास्क नलगाइ हिँडडुल गर्ने, न्यूनतम स्वास्थ्य मापदण्डको पालना नगर्ने र सामाजिक दुरी कायम नगरी हिडडुल गर्ने व्यक्तिलाई नियन्त्रणमा लिईएको बुढाथोकीले बताउनुभयो ।

लकडाउन हटेपछि केहीले मास्क समेत नलगाइ हिँड्डुल गरेकोले अब कडाइ गर्न लागिएको बुढाथोकि बताउनुभयो । यसरी लापर्वाही र अटेरगरी हिँड्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार वा सडकमा नै केहि समय होल्ड गरेर राख्ने सम्मको तयारी भएको प्रहरीको भनाई छ । यस्तै मास्क नलगाइ सार्वजनिक गाडी चढेमा गाडीबाट ओरालेर घर फर्काइने प्रहरीले बताएको छ ।