श्याम घिमिरे
साउन ९ सन्धिखर्क-
नेपाल कम्युनिष्ट पार्टी नेकपा सन्धिखर्क नगरपालीका वडानम्वर २ कमिटिको बैठक विहिवार सम्पन्न भएको छ । कमिटीका अध्यक्ष टोपलाल खनालको अध्यक्षता र सचिव काजीमान रायमाझीको सञ्चालनमा सम्पन्न बैठकले गत बर्षको बिकास निर्माणको समिक्षा र आ.ब २०७७\७८को बिकास निर्माण र बजेटको बारेमा समिक्षा भएको बताईएको छ । बैठक नेकपा नगरअध्यक्ष राजेन्द्र भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । बैठकमा नेकपा नेताहरु श्रीकृष्ण भुसाल,केबि भुसाल,मोतिजंग रायमाझी,शुश्मा श्रेष्ठ,नारायण प्रसाद पौडेल लगायत वडा कमिटिका पदाधिकारी र स्थानिय जनप्रतिनिधिहरुको उपस्थिति रहेको काजीमान रायमाझीले जानकारी दिनुभएको छ ।