श्याम घिमिरे
साउन ८ अर्घाखाँची –
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आफ्ना दुईजना कार्यकर्तालाई पार्टीबाट निस्कासन गरेको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीको बैठकले पार्टीका दुई जना सदस्यहरु राम बस र बुद्धि गैरे लाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।
राजमोले दुबैजना जागरण अभियानमा सहभागी भएको जानकारी आएको र उक्त अभियानमा सहभागी हुनु राष्ट्रिय जनमोर्चाको निति विपरीत भएको र पार्टीको बैचारीक धरातलबाट स्खलित भएको ठहर गर्दे पार्टीबाट निश्कासन गरीएको राजमो जिल्ला अध्यक्ष थम्मन केसीले जारी गरेको प्रेस विज्ञप्ती उल्लेख गरीएको छ ।
नेकपा मसालबाट निश्कासन गरीएका राष्ट्रिय जनमोर्चाका पुर्ब महासचिब तथा संबिधान सभा सदस्य सन्तबहादुर नेपालीले नेतृत्व गरेको राष्ट्रिय जागरण अभियानमा सहभागी भएको भन्दै मसालले पछिल्लो समय बिभिन्न जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई अनुशासनको प्रश्न उठाउदै कारबाही गर्दे आईरहेको छ ।
