साउन २ अर्घाखाँची –
कोरोनाका कारण सुनसान बनेको सन्धिखर्कको शान्ति वगैंचा सुक्रबार साहित्यमय बनेको छ । लुम्विनी वाङ्गमय प्रतिष्ठान अर्घाखाँचीका सदस्य तथा कवि कमल पोख्रेल प्रेमी द्धारा लिखित जागिरे जिन्दगी कविता संग्रह बिमोचन कार्यक्रमका सहभागिले गरेका रचना बाचनले शान्तिबंगैचा साहित्यमय बनेको हो । राष्ट्रसेवक कर्मचारीबाट अवकाश प्राप्त कवि पोख्रेलले हाम्रो समाजमा भएको बस्तुस्थितिलाई चरितार्थ र ब्यङ्ग गर्दै लेख्नुभएको कविताहरुको संग्रह जागिरे जिन्दगीको आज एक कार्यक्रमको बिच बिमोचन गरिएको हो ।

जिल्ला समन्वय समिति प्रमुख पिताम्वर शर्माले कविता संग्रहको बिमोचन गर्दै समाजमा उज्यालो छर्ने साहित्यको विकासमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । मानिस आ–आफ्नो भोक प्राप्तीको निम्ती भौतारिएको भन्दै समन्वय प्रमुख शर्माले देश र जनताको भोक प्राप्तीमा साहित्यजगतको ठुलो भुमिका हुनेपनि बताउनुभएको छ । सामाजिक बिकृति,सरकारी अड्डामा बस्ने गलत मनसायका कर्मचारी र उनिहरुको चाकरी गर्ने झुन्डहरुको गलत ब्यबहार सच्याउन प्रेरित गरि कविता संग्रह बजारमा ल्याएको भन्दै उहाँले कवि पोख्रेललाई बधाई तथा शुभकामना समेत दिनुभएको छ ।

प्रतिष्ठानका उपाध्यक्ष लिलामणि ढुङ्गानाको अध्यक्षता,कोषाध्यक्ष मन्जु घिमिरेको स्वागत मन्तव्य र सचिव जेवी दर्लामीको सन्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगर उप प्रमुख ठाकुर कुमार बिकले मन्तव्य राख्दै भाषा,कला र साहित्यको विकास बिना समाजको विकास सम्भव नहुने बताउनुभयो । झन्डै एक दर्जन बढि श्रष्ठाहरुले आ–आफ्ना रचना पस्किएर दर्शकलाई आनन्द दिलाउनुभएको उक्त कार्यक्रममा साहित्यकार तथा अधिवक्ता जगन्नाथ भुसाल र बिष्णु बस्यालले पुस्तकको परिचर्चा गर्नु भएको थियो ।

लुम्बिनि बाङ्गमय प्रतिष्ठानका सदस्य समेत रहनु भएका कवि पोख्रेल साहित्यिक क्षेत्रमा जाँगरिलो ब्यक्तित्व हुनुहुन्छ । उहाँले आफ्नो जीवन यात्रामा ३५ वर्ष राष्ट्रसेवक कर्मचारीको भूमिका पूरा गरि हाल निबृत हुनुभएको छ । आफ्ना धेरै श्रृजनाहरू द्वन्दकालमा जिल्ला विकास समितिमा रहेको बेला नष्ट भएर प्रकाशन गर्न नसकिएको उहाँले बताउनुभयो । उहाँको यो कविता प्रकाशनले अर्घाखाँचीको साहित्य ईतिहाँसमा नौलो आयाम थपिएको साहित्यकार तथा बुद्धिजीवीहरूले बताएका छन् ।




