२०७७ श्रावण २, अर्घाखाँची – अर्घाखाँची मिडिया हाउस प्रालीले आफ्नो नेपाली अन्लाईन संस्करण अर्घाखाँची डट्कमलाई सशुल्क (पेड) सब्सक्राइबमा शुरुवात गरेको छ । प्रालीले साउन १ गते बाट आफ्नो नेपाली अन्लाईन संस्करण अर्घाखाँचीडट्कमलाई डिजिटल सशुल्क (पेड) सब्सक्राइब प्रणालीमा शुरुवात गरेको हो । योसँगै पत्रीका किनेर पढे जस्तै बिहीवारबाट प्रकासित हुने अर्घाखाँची डट्कमका समाचार सामाग्री हेर्न, पढ्न मार्सिक रुपमा पैसा लाग्नेछ ।
नयाँ सशुल्क (पेड) सब्सक्राइब प्रणाली अन्तरगत नेपालका ग्राहकले मार्सिक ५ सय रुपैयाका हिसाबले ३ महिनाको १५ सय, ६ महिनाको २९ सय रुपैया जसमा १ सय रुपैया छुट दिएको छ, र १ वर्षको ग्राहक हुनको लागि ५ सय छुट गरी ५ हजार ५ सय तिर्नुपर्ने छ । यस्तै नेपाल बाहिरका ग्राहकहरुलाई मार्सिक ८ अमेरिकन डलरका हिसाबले ३ महिनाको २४ डलर, ६ महिनाको ४५ डलर जसमा ३ डलर छुट दिएको छ, र १ वर्षको ग्राहक हुनको लागि ११५ डलर छुट गरी ८५ डलर तिर्नुपर्ने छ ।

ग्राहक बन्नलाई शुरुमा You must login to access this article. Login or Subscribe form here मा गई Subscribeमा क्लिक गरी Member Signup फारम भर्नुपर्ने हुन्छ । फारम आफ्नो सम्पूर्ण विवरणमा भर्नु पर्नेहुन्छ । जसमा गाहकहरुले आफ्नो Username: र Password: सम्झनुपर्ने हुन्छ । अनी Plans माथिको अनुसार रकम अवधी छनौट गरी ग्राहक भन्न् सकिने छ । नेपालमा डट्कमको ग्लोबल आईएमई बैंक लिमिटेडको Bank Name.: Global IME Bank Branch: Arghakhanchi Branch Account No.: 4901010000080 मा पैसा जम्मा गरेपछि उक्त भौचर उप्लोड गरी पठाउनु पर्ने छ । यस्तै नेपाल बाहिरका ग्राह्कले भिसा कार्डबाट पैसा तिरेपछि केही समयमा डट्कमले ग्राहक अवधी स्वीकृत गर्ने छ ।
साथै ग्राहक बनेकाले Member Login अनुसार आफ्नो Your Email: र Password: लगिन गरी नियमित ग्राहक अवधिसम्म नियमित समाचार सामाग्री हेर्न पढ्न पाउने छन् ।

यस्तै डट्कमले प्रवाधिक कमीकमजोरीलाई आगामी दिनमा सुधार गर्दै जाने छ । डट्कमले सब्सक्राइब प्रणाली अन्तरगत ग्राहकलाई अनेकौ सुविधा थप गर्दै लैजाने छ । जसमा निशुल्क ईमेल सेवा, २४ सै घण्टा व्हाट्सएप्प, भाईभर, ईमो, फेसबूक, ट्विटर, इंस्टाग्राम लगायतका सामाजिक संजाल मार्फत ताजा उप्डेट गराउदै जानेछ । साथै मासिक ग्राहक लक्की उपहार योजना समावेश गरिदै जानेछ ।
डट्कमले भविष्यमा स्वतन्त्र, निर्भिक, खोजमुलक एवम व्यावसायिक पत्रकारिता निरन्तरता दिनका लागि तथा विज्ञापन राजस्व गिरावट – संकट परेको, गुणस्तरीय पत्रकारिताको संरक्षण गर्नका लागि सशुल्क (पेड) सब्सक्राइब प्रणालील्प शुरुवात गरेको हो । साथै नेपालको ईतिहासमा अर्घाखाँचीडट्कमले पहिलो पटक सशुल्क (पेड) सब्सक्राइब प्रणाली शुरुवात गरेको छ ।
भविष्यमा स्वतन्त्र, निर्भिक, खोजमुलक एवम व्यावसायिक पत्रकारिताको स्थिरता सुनिश्चित गर्न सशुल्क (पेड) सब्सक्राइब प्रणाली शुरुवात गर्ने योजना अनुसार पाठक, दर्शक तथा स्रोतालाई सधैं आफ्नो मार्गदर्शकका रुपमा लिने डट्कमले प्रकाशन एवम् प्रसारण गर्ने सामग्री सत्य, तथ्य, निष्पक्षमा आधारित रहेर निर्माण गर्नेतर्फ यस संस्थामा आबद्ध सबैको दृढ संकल्प छ ।
सन् १९९९ सालदेखि ब्लग र सन् २००६ साल देखिको http://www.arghakhanchi.com मार्फत अन्लाईन संस्करणलाई निरन्तरता दिदै आएको डट्कम नेपालको पहिलो नेपाली अन्लाईन संचार-संस्था हो । डट्कमका दैनिक ६० देखि ८० हजार बढी नियमित पाठक छन् । source:arghakhanchi.com