आषाढ २८, अर्घाखाँची – अर्घाखाँची जिल्लामा ५० प्रतिशतसम्म भाडा असुल्न पाईने गरी जोर विजोर प्रणालीबाट सवारी साधन चल्ने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अबदेखि ५० प्रतिशतसम्म भाडा असुल्न पाईने गरी जोर विजोर प्रणालीबाट सवारी साधन चल्न दिने भएको हो । ट्याक्सी बाहेक जोर विजोर प्रणालीबाट चल्ने सवारी साधनले थप ५० प्रतिशतसम्म भाडा लिन सक्नेछन् । यस्तै निजी सवारी साधनमा चालक बाहेक २ जना बस्न पाउनेछन् भने एकै परिवारका ५ जनासम्म बस्न पाउने भएका छन् । साथै जिल्लाभित्र मात्र जोर विजोर प्रणालीबाट मोटरसाइकल चल्न पाउनेछन् ।
सार्वजनिक सवारी साधनमा १ सिट छोडेर क्षमताको ५० प्रतिशत यात्रु रहने गरी मास्क अनिवार्य गरी चलाऊन सकिनेछ ।
उता जिल्ला बाहिर जान र आउन पहिला कै जस्तै पास लिनुपर्ने छ । साथै काठमाडौं जान स्थानिय निकाय वा प्रशासनको पास लिनुपर्ने छ । source:arghakhanchi.com