असार २६,काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय १८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । थप एक सय १८ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या १६ हजार ६ सय ४९ पुगेको छ । अहिलेसम्म आठ हजार ११ जना निको भएर घर फर्किएकाेले आइसाेलेशनमा रहेका सक्रिय सङ्क्रमितकाे सङ्ख्या आठ हजार ६ सय तीन ३ रहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक सय २० जना डिस्चार्ज भएका हुन् ।
पछिल्लो सात दिनमा सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । १९ गते सात सय २० जनामा कोरोना देखिएको थियो । २० गते दुई सय ३२ जनामा, २१ गते दुई सय ९३ जनामा, २२ गते एक सय ८० जनामा, २३ गते दुई सय चार जनामा, २४ गते दुई सय ५५ जनामा, २५ गते हिजो एक सय आठ जनामा र आज एक सय १८ जनामा मात्रै कोरोना पुष्टि भएको छ ।
यस्तै ६ जिल्ला कोरोनामुक्त भएकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले जानकारी दिनुभएकाे छ । धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्लामा सक्रिय सङ्क्रमित नरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शुक्रबार पीसीआर विधिबाट चार हजार आठ सय ६ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म दुई लाख ७५ हजार नाै सय ५१ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता डा. गाैतमले बताउनुभयो ।