पछिल्लाे २४ घण्टामा १८० जनामा काेराेना पुष्टि सङ्क्रमितको संख्या १५ हजार नौ सय ६४ पुग्यो

असार २२, काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ८० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । एक सय ८० जना नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना पुष्टि हुनेको सङ्ख्या १५ हजार नौ सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले जनाएको छ । सोमबार दुई सय ६४ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । सोमबारसम्म सङ्क्रमणमुक्त भएर ६ हजार आठ सय ११ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले बताउनुभयाे । 

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार सात सय २१ जनाको परीक्षण भएको छ । योसँगै सोमबारसम्म पीसीआर विधिबाट दुई लाख ५५ हजार सात सय २७ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट अहिलेसम्म तीन लाख ११ हजार सात सय २४ जनाको परीक्षण भएको छ । अहिले देशभरिका क्वरेण्टीनमा २९ हजार दुई सय १५ जना रहेका छन् । देशका विभिन्न अस्पतालका आइसोलेशनमा काेराेना सङ्क्रमण पुष्टि भएका नाै हजार एक सय १८ जनाकाे उपचार भइरहेकाे छ । 

यसैबीच मन्त्रालयले पछिल्लो समय आत्महत्याका घटनाहरु बढिरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । एक हप्ताको अवधिमा दुई महिलाले आत्महत्या गर्दा फेसबुक लाइभ गरेको कुरामा मन्त्रालयको ध्यानाकर्षण भएको प्रवक्ता डा. गौतमले बताउनुभयो । यस्ता घटनाले आत्महत्यालाई प्रेरित गर्ने र बालबालिकाको दिमागमा नकारात्मक असर पर्ने भएकाले यस्ता भिडियोहरु शेयर नगर्न उहाँले आग्रह गर्नुभयो । त्यस्ता भिडियो देखेपछि तत्काल फेसबुकलाई रिपोर्ट गर्न उहाँले आग्रह गर्नुभयो । 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.