हिम लेकाली असार २२,सन्धिखर्क एफएम अर्घाखाँची-
मानव अधिकारका लागि महिला, एकल महिला समूह सन्धिखर्क नगरपालिका वडा नं २ काे आयाेजनामा सनपा २ मा गाेकुल धुप बनाउने तालिमकाे थालनी गरिएकाे छ । सन्धिखर्क नगरपालिका बडा नं.२ काे सहयाेगमा एकल महिलाहरूका लागि याे तालिम सुरू गरिएकाे हाे । याे तालिम २ दिनकाे रहेकाे छ । एकल महिला समिति २ नं. वाड अध्यक्ष शान्ता खत्रीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि सन्धिखर्क नगर पालिका वडा नं. २ का अध्यक्ष माेतिजंग रायमाझी ले पानसमा बत्ती बालेर तालिमकाे उद्घघाटन गर्नु भएकाे थियाे ।

उद्घघाटन मन्तव्य राख्दै रायमाझीले तालिममा सिकेकाे सीप लाई ब्यबहारमा लागू गरि अात्म निर्भर बन्न सहभागीहरूलाई अनुराेध गर्नु भयाे । उहाँले वडा नं. २ ब्यापारिक केन्द्र भएकाे कारण प्रसस्त संभावनाहरू रहेकाेले सबैले आफ्नाे क्षेमता अनुसार ब्यबसाय सन्चालन गरे अरू प्रति आश्रीत हुन नपर्ने बताउँनु भयाे । एकल महिला समाजकाे प्रमुख अङ्ग हुन् ,उहाँहरूलाई सम्मान गर्दै हामि निर्णायक ठाउँमा राखेर अघि बड्छाै रायमाझीले बताउनु भयाे साथै भाेलीकाे दिनमा थप सहयाेगकाे निम्ति आफु लागि पर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयाे ।

उद्घघाटन कार्यक्रममा वडा नं. २ कि सदस्य शुश्मा श्रेष्ठ ,पत्रकार महासंघ का अध्यक्ष हिम लेकाली ,एकल महिला समूह जिल्ला अध्यक्ष सीता श्रेष्ठ ,वडा प्रशासन सहायक बिष्णु आचार्य ले तालिम सफलताकाे शुभकामना ब्यक्त गर्नु भएको थियाे । उद्घघाटन कार्यक्रमकाे सन्चालन एकल महिला समूह जिल्ला सचिव अम्बिका श्रेष्ठ र स्वागत अध्यक्ष शान्ता खत्रीले गर्नु भएकाे थियाे । २० जना एकल महिलाहरूकाे सहभागिता रहेकाे तालिममा प्रमुख प्रशिक्षकमा मिना श्रेष्ठ र प्रशिक्षकमा सरस्वता भुसाल रहनु भएकाे छ ।



