सन्धिखर्क एफएम असार २० अर्घाखाँची-
रुकुम पश्चिम चोर्जहारिमा नबराज बि क लगायत ६ जनाको सामुहिक नरसंहार हत्याकाण्डका दोषीलाई कारबाही गर्न र पिडितलाई न्याय दिनु पर्ने माग राख्दै सुक्रवार अर्घाखाँचीमा संयुक्त दलित अधिकारकर्मी द्वारा प्लेकार्ड र ब्यानर सहित बिरोध र्याली कार्यक्रम सम्पन्न गरिएको छ । आन्दोलनका विभिन्न कार्यक्रमहरु अगाडी बढाउदै आएको संयुक्त दलित अधिकारकर्मी सन्जाल अर्घाखाँचीले रुकुम नरसंहार हत्याका दोषीलाई कडा कारबाहीको माग सहित र्याली सम्पन्न गरेको छ । भक्तिटोला बाट चुत्राबेशी हुँदै शान्ति बगैंचा सम्म परिक्रमा गरेको र्याली कोणसभामा परिणत भएको थियो ।कोणसभामा अधिकारकर्मीहरु मन्तब्य राख्दै जातिय विभेद अन्त्य गर्न राज्य गम्भीर हुनुपर्ने ,हत्याका दोषीलाई कडा भन्दा कडा कारबाही गर्नु पर्ने र जातिय बिभेदकै कारण नागरिकको ज्यान जाने घटनाको अन्त्य हुनु पर्ने बताएका छन । त्यस्तै उनिहरुले जातिय बिभेद अन्त्य गर्न कडा भन्दा कडा कानुन ल्याउन राज्य लाग्नु पर्ने र बनेका कानुनलाइ अनिबार्य कार्यन्वयन गर्नु पर्ने जिकिर गरेका छन ।
अहिले पनि पानी भर्ने पधेरा देखि समुदाय सम्म जातिय विभेद कायम रहेको र न्यूनीकरण हुन नसकेकोले अब सबै गम्भीर भएर जातिय विभेद अन्त्य गर्नु पर्ने उनीहरुको धारणा रहेको थियो । कोणसभामा दलित अधिकारकर्मिहरु ठाकुर साैराग आदर्श, राधा नेपाली , राजेन्द्र नेपाली ,दिनेश सुनार लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संयुक्त दलित अधिकारकर्मी सन्जाल अर्घाखाँचीका संयोजक बिष्णु परियारको अध्यक्षता र सागर परियारको संचालनमा सप्पन्न भएको थियो ।