असार १४, काठमाण्डाै – नेपालमा आइतबार कोरोना भाइरसका चार सय ६३ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार देशका विभिन्न २२ वटा प्रयोगशालामा भएको परीक्षणमा चार सय ६३ जनामा सङ्क्रमण देखिएकाे हो । आज थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार सात सय ७२ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । आजसम्म ११ हजार दुई सय ९८ जना पुरुष र एक हजार चार सय ७४ जना महिलामा सङ्क्रमण देखिएको छ ।
पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा चार हजार नाै सय ६२ गरी आजसम्म दुई लाख १५ हजार आठ सय ३९ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घण्टामा दुई हजार सात सय ३२ गरी आजसम्म दुई लाख ९६ हजार सात सय ६६ जनाको परीक्षण भएको छ । देशभरिका विभिन्न क्वरेण्टीनमा ६१ हजार सात सय ३१ जना रहेका छन् । यस्तै नाै हजार सात सय ३१ जनाकाे विभिन्न अस्पतालकाेआइसोलेशनमा उपचार भइरहेको छ । आइतबारसम्म तीन हजार १३ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा काेराेना सङ्क्रमणकाे कारण अहिलेसम्म २८ जनाकाे ज्यान गएकाे छ ।