श्याम घिमिरे
असार ९ अर्घाखाँची-
जिल्लाको सन्धिखर्क नगरपालिका वडानं.१ मिडिया चोक निवासी गिरीराज खनालले घर भाडा छुट गरेका छन । सामाजीक व्यक्तित्व एवं अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चका पुर्व अध्यक्ष समेत रहेका खनालले दुई महिनाको घरभाडा नलिने घोषणा गरेका हुन । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस र लकडाउनका कारण सटरमा व्यवसाय र कोठाभाडा गरी बस्ने व्यक्तिलाई समेत प्रभाब पारेको भन्दै खनालले दुई महिनाको सटर भाडा र कोठाभाडा नलिने घोषणा गरेका हुन ।
जिल्ला सदरमुकाम समेत रहेको सन्धिखर्कमा रहेका तिनवटा घरका सटरसहित १८ वटा कोठाको दुई महिनाको रु ८२ हजार भाडा छुट गरेको खनालले जानकारी दिए । लकडाउनको कारण रोजगारी गुमाएका श्रमिक र व्यवसायीहरुलाई ठूलो असर परेको भन्दै उनिहरुलाई केही राहत पुगोस भनेर आफुले घरभाडा छुट गरेको खनालले बताए ।