
श्याम घिमिरे
असार १० अर्घाखाँची-
नेपाली काँग्रेस अर्घाखाँचीका सभापति विष्णु प्रसाद खनाल मुस्कानले अर्घाखाँचीमा न्याय नमरेको बताएका छन् । सभापति मुस्कानले आफु र आफ्नो पार्टी नेपाली काँग्रेस सधै न्यायको पक्षमा उभिएको समेत दावी गरे । नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले विश्वभर फैलिरहेको कोभिड १९ संक्रमणबाट सुरक्षित रहन र रिपोटीङका लागि फिल्डमा जान सहज होस भन्ने उदेश्यले अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकार तथा सञ्चारकर्मीहरुलाई बुधवार सन्धिखर्कमा स्वास्थ्य सामाग्री तथा युनियनकर्मीलाई प्रेस लोगो अंंकित ज्याकेट हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै मुस्कानले जिल्लामा हुने सबै प्रकारका अपराध , अन्याय तथा हिंसाजन्य गतिविधीको विरुद्धमा आफु र पार्टी डटेर लाग्ने बताए ।
मुस्कानले पिडितलाई न्याय दिलाउने पक्षमा आफुहरुले कसैलाई काखा र पाखाको दृष्टिले नहेरेको भन्दै केहीदिन देखी जिल्लामा अर्घाखाँची काण्डको रुपमा भाईरल भएको विषयलाई लक्षित गर्दै मुस्कानलेले भने ,पिडित भनिएकी महिलालेनै दोषी भनिएका सहयोगी विसीले माफी माग्न तयार भए म माफ दिन तयार छु भनेपछि मात्र दुबै पक्षवीच सहमति भएको बताए । यसमा सामाजिक संजालमा आएजस्तो कसैको डरत्रास, धम्की , करकाप र दबाबमा परेर महिलाले माफी दिएकी होईनन् आफु राजीखुसी भएर माफी दिएकी हुन् मुस्कानले भने ।
यस्तै मुस्कानले सामाजिक सन्जालमा लेखिएका टिप्पणीहरुको पछाडी नलाग्न जिल्ला बासीलाई अनुरोध पनि गरे । प्रेस युनियनका जिल्ला सभापति विरेन्द्र केसीको सभापतित्व र सचिव विष्णु खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम जिसी लेकाली,युनियनका निबर्तमान सभापति सुर्यप्रसाद भुसाल लगायतले मनतब्य राखेका थिए ।

