श्याम घिमिरे असार १० अर्घाखाँची-
नेपाल औषधि व्यवसायी संघको ४७ औं स्थापना दिवसको अवसरमा माक्स,सेनिटाईजर र फलफूल बितरण कार्यक्रम सम्पन्न भएको छ । सन्धिखर्क नगरपालीका २ को जनज्योति माबि चुत्राबेसिको क्वरेन्टिन स्थलमा रहेका झन्डै २५ जनालाई आज एक कार्यक्रमका बिच नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा अर्घाखाँचीले माक्स,सेनिटाईजर र फलफूल बितरण गरेको हो । सनपा २ का वडाअध्यक्ष मोतिजंग रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सनपा १० का वडाअध्यक्ष लक्ष्मीनारायण चुँदालि,संघका लुम्बिनी अञ्चल परामर्श सल्लाहकार नारायण प्रसाद पौडेल,जिल्ला उपाध्यक्ष टंक प्रसाद भुसाल ,महासचिव तिलक मिश्र,निवर्तमान अध्यक्ष लिलामणि ढुङ्गाना लगायत संघका पदाधिकारी र व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
