श्याम घिमिरे
असार ८ अर्घाखाँची-
लगातार परेको अविरल वर्षाका कारण पहिरोले अवरुद्ध गोरूसिङ्गे–सन्धिखर्क सडकखण्ड तीन दिनदेखि सञ्चालनमा आउन सकेको छैन । लगातार परेको अविरल वर्षाका कारण सडक खण्डको बिभिन्न स्थानमा पहिरो जाँदा सडक अबरुद्ध भएको हो । सडकखण्ड अन्तरगतका धेरै ठाउँका पहिरो हटाए पनि सुपादेउराली नजिकै खाँचीखोलाको उकालोमा करिब डेढ सय मिटर माथिबाट चट्टान सहित झरेको पहिरो हटाउन दुईवटा स्काभेटर प्रयोग गरिएको भए पनि सञ्चालनमा ल्याउन कठिन भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख माधबप्रसाद बुढाथोकीले बताउनुभयो । बर्षाका कारण आज बिहान पनि पहिरो थपिएकाले हटाउन केही समय लाग्ने बुढाथोकीको भनाई रहेको छ । अर्घाखाँची प्रवेश गर्ने मुख्य सडकनै बर्षाका कारण अवरुद्ध हँुदा जिल्लाबाट उपचार गर्न बाहीर जान ,सामान ढुवानी गर्न र मानिस समेत आवतजावत गर्न ठप्प भएको छ ।