श्याम घिमिरे
असार ७ अर्घाखाँची-
सामुदायिक ब्याडमिन्टन संघ र जिल्ला ब्याडमिन्टन संघ अर्घाखाँचीले जिल्लामा भर्खरैमात्र सरुवा भई आउनुभएका प्रहरी नायव उपरीक्षक माधब प्रसाद बुढाथोकीलाई आईतवार संयुक्त रुपमा एक कार्यक्रमका बिच स्वागत गरेको छ ।

स्वागत कार्यक्रममा मनतब्य राख्दै प्रहरी प्रमुख बुढाथोकीले जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन आफुले कुनै कसुर बाँकी नराख्ने बताउनु भयो । उहाँले प्रहरी नागरिकसंग प्रगाढ सम्वन्ध स्थापित गरेर काम गर्न चाहेको भन्दै सम्पूर्ण जिल्लाबासीको सहयोगमा आफुले काम गर्ने बताउनु भयो ।

प्रहरी प्रमुख बुढाथोकीलाई सामुदायिक ब्याडमिन्टन संघका का.बा अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठ, जिल्ला ब्याडमिन्टन संघ अर्घाखाँचीका अध्यक्ष ज्ञानेन्द्र घिमिरे, कृष्णप्रसाद भुसाल ,बिष्णु परीयार लगायतले सफल कार्यकालको शुभकामना सहीत स्वागत गर्नुभएको थियो ।।
