सन्धिखर्क एफएम
असार ६ अर्घाखाँची-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) सन्धिखर्क नगरकमीटी सदस्य तथा प्रचारप्रसार विभाग उपप्रमुख एवं कल्याणी सेवा नेपालकी सह–सचिव कमला खनाल भण्डारीले गत २०७६चैत्र महिनाको कोठा भाडा नलिने घोषणा गर्नुभएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस र लकडाउनका कारण कोठाभाडा गरी बस्ने व्यक्तिलाई समेत प्रभाब पारेको भन्दै खनालले एक महिनाको कोठाभाडा नलिने घोषणा गर्नुभएको हो ।
सन्धिखर्क नगरपालिका वडानम्बर १ को मञ्चलाईनमा रहेको खनालको घरमा बस्ने सबैको एक महिनाको भाडा बराबरको रकम नलिने उहाँले जानकारी दिनुभयो । । आठ वटा कोठा र एउटा सटरको एक महिनाको करिब २० हजार भाडा छुटगरेको खनालकोे भनाई छ । भाडामा बस्नेहरुलाइ थोरै भएपनि राहत होस भनेर यस्तो निर्णय गरेको उहाँले बताउनु भयो । भाडा छुटले केही मात्रमा भएपनि राहत महसुस गरीएको भाडामा बस्नेको भनाई छ ।